पार्टीको १५औँ महाधिवेशनबाट कांग्रेस युवामय भएको छ : महामन्त्री सङ्ग्रौला

रासस

सारांश
- नेपाली कांग्रेसकी महामन्त्री डा. डिला सङ्ग्रौलाले १५औँ महाधिवेशनबाट पार्टीमा युवा नेतृत्व अगाडि आएको र विदेशिएका युवालाई स्वदेशमै रोजगार दिने प्रतिबद्धता जनाएकी छिन्।
- कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्यहरूले पार्टी र देशमा नयाँ उत्साह थपिएको बताउँदै लोकतन्त्रको रक्षा र शैक्षिक सुधारका लागि नेविसङ्घले नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा जोड दिएका छन्।
- नेपाल विद्यार्थी सङ्घ गोरखा-काठमाडौँ सम्पर्क समितिद्वारा आयोजित कार्यक्रममा पार्टीको १५औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा विजयी भएका नेताहरूलाई सम्मान गरिएको थियो।

काठमाडौँ । नेपाली कांग्रेसकी महामन्त्री डा. डिला सङ्ग्रौला पन्तले पार्टीको १५ औँ महाधिवेशनबाट कांग्रेस युवामय बनेको बताएकी छन् । नेपाल विद्यार्थी सङ्घ गोरखा-काठमाडौँ सम्पर्क समितिले आज यहाँ आयोजना गरेको ‘शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको शुभकामना आदानप्रदान, सम्मान तथा चियापन’ कार्यक्रममा उनले पार्टीको महाधिवेशनले कांग्रेसमा युवा नेतृत्वलाई अगाडि बढाएको बताएकी हुन् ।
महामन्त्री सङ्ग्रौलाले विदेशीएका युवालाई स्वदेशमै रोजगार प्रदान गर्नेगरी कांग्रेसले आफ्ना कार्यक्रमलाई आगामी दिनमा अगाडि लैजाने प्रतिबद्धता जनाइन् । पछिल्लो समय मुलुकमा शिक्षाको गुणस्तर खस्किएको भन्दै उनले यसलाई अगाडि बढाउन नेविसङ्घले प्रभावकारी रूपमा नृतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गरिन् ।
कांग्रेस केन्द्रीय सदस्य एवं राष्ट्रियसभा सदस्य किरणबाबु श्रेष्ठले पार्टीको १५औँ महाधिवेशनले कांग्रेस र देशमा नयाँ उत्साह थपेको बताए । पार्टीलाई जीवन्त राख्न विचार सङ्गठन र सफल नेतृत्व आवश्यक रहेको उनको भनाइ थियो ।
कांग्रेस केन्द्रीय सदस्य एवं पालुङटार नगरपालिकाका पूर्वप्रमुख इन्जिनियर दीपकबाबु कँडेलले नेपालको शैक्षिक बहसमाथिको नेतृत्व नेविसङ्घले गर्नुपर्ने बताए । उनले पार्टी बलियो बनाउनका लागि भ्रातृ संस्था बलियो हुनुपर्ने धारणा राखे ।
कांग्रेस केन्द्रीय सदस्य जानुका पन्तले लोकतन्त्रको रक्षाका लागि कांग्रेस सधैँ अग्रमोर्चामा उभिने बताइन् । नेपाल विद्यार्थी सङ्घकी केन्द्रीय अध्यक्ष करुणा कटुवालले लोकतन्त्र बलियो बनाउन सबै एकजुट हुनुपर्नेमा जोड दिइन् । नेविसङ्घको महाधिवेशन शीघ्र गरिने उनको भनाइ थियो ।
नेपाली कांग्रेस गोरखाका नेता प्रकाशचन्द्र दवाडीले गोरखा कांग्रेसले युवामार्फत पार्टीको सङ्गठनलाई अगाडि बढाउँदै लगेको बताए । केन्द्रीयस्तरका नेता गाउँगाउँमा गएर सङ्गठन विस्तार गर्न लाग्नुपर्ने उनको भनाइ थियो ।
कांग्रेस गण्डकी प्रदेशका सदस्य पूर्ण दाहालले कांग्रेसलाई चलायमान बनाउन भ्रातृ संस्थालाई चलायमान बनाउनुपर्ने बताए । नेविसङ्घ गोरखा काठमाडौँ सम्पर्क समितिका सभापति कमल पन्तले काठमाडौँमा रहेका युवालाई पाटीसँग जोड्नका लागि नेविसङ्घले काम गर्दै आएको बताइन् ।
कार्यक्रममा गोरखाबाट पार्टीको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य विजयी भएका किरणबाबु श्रेष्ठ, दीपकबाबु कँडेल, जानुका पन्त र जनार्दन अर्याललाई सम्मान गरिएको थियो ।

वायु प्रदूषण बढेपछि दिल्लीमा नियन्त्रणका कडा उपाय लागू

युवालाई स्वदेशमै उद्यमशील बनाउन आठ अर्बको व्यवस्था : मुख्यमन्त्री कार्की

देउसी–भैलोबाट संकलित रकम सामाजिक कार्यमा – होस्टल व्यवसायी संघ

काग तिहार : कागेश्वरी मन्दिरमा भक्तजनको घुइँचो

युद्ध सुरु हुँदाको भन्दा इरानी सेना अझ बलियो : सैन्य प्रवक्ता
अरुपनि पढ्नुहोस
सबै
कात्तिक २४ र २५ गते उपत्यकाको फोहोर व्यवस्थापन प्रभावित हुने

जलवायु न्याय हाम्रो अधिकार हो, यही आवाजका साथ कोप-३१ मा सहभागी हुँदैछौँ: मन्त्री चौधरी

सादा पोसाकमा परिचालित प्रहरीले निगरानी बढाउँदै

१ सय २५ रक्तदाताको मानवीय योगदान, विजयनगरमा रक्तदान उत्साहजन
















