१ सय २५ रक्तदाताको मानवीय योगदान, विजयनगरमा रक्तदान उत्साहजन

नवलपुर टुडे

सारांश
- कपिलवस्तुको विजयनगर गाउँपालिकामा आयोजित रक्तदान कार्यक्रममा १ सय २५ जनाले रक्तदान गरेका छन्।
- रक्त अभावका कारण ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले स्थानीय स्वास्थ्य अस्पतालमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो।
- कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थी तथा सुरक्षाकर्मीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकामा आयोजित रक्तदान कार्यक्रममा १ सय २५ जनाले रक्तदान गरेका छन् । रक्त अभावका कारण कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले गाउँपालिकाको आयोजनामा बिहीबार रक्तदान कार्यक्रम गरिएको हो ।
गाउँपालिकाको वडा नम्बर ६ बद्धौरमा अवस्थित विजयनगर आधारभूत स्वास्थ्य सेवा अस्पतालमा आयोजित कार्यक्रममा सर्वसाधारण, कर्मचारी, शिक्षक, विद्यार्थी, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका सुरक्षाकर्मीहरूले उत्साहपूर्वक रक्तदान गरेका छन् ।
स्थानीय युवा परिषद विजयनगर गाउँपालिकाकाे समन्वय र नेपाल रेडक्रस सोसाइटी बुटवल रूपन्देहीकाे प्राविधिक सहयोगमा ‘रक्तदान जीवनदान, तपाईंको एक थोपा रगत कसैको नयाँ जीवन’ भन्ने सन्देशसहित रक्तदान कार्यक्रम गरिएको शिक्षा शाखा प्रमुख शिव कुमार चाैधरीले जानकारी दिए ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले रक्तदानलाई मानवताको उत्कृष्ट सेवा भन्दै यस्ता मानवीय कार्यमा सबैको सहभागिता आवश्यक रहेको बताए । उनले एक व्यक्तिले गरेको रक्तदानले अर्को व्यक्तिको जीवन बचाउन सक्ने भएकाले स्वस्थ व्यक्तिहरूले नियमित रूपमा रक्तदान गर्नुपर्नेमा जोड दिए ।
त्यस्तै प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्माले रक्तदान सामाजिक उत्तरदायित्व र मानवीय सेवासँग जोडिएको महत्वपूर्ण कार्य भएको बताए । उनले रक्त अभावको समस्या न्यूनीकरण गर्न यस्ता कार्यक्रमले सहयोग पुर्याउने उल्लेख गर्दै रक्तदानप्रति समुदायमा सकारात्मक चेतना फैलाउनुपर्ने बताए ।
कार्यक्रममा १ सय २५ जनाको सहभागिताले रक्तदानप्रति स्थानीय समुदायको उत्साह र मानवीय सेवाभावलाई प्रतिबिम्बित गरेको आयोजकले जनाएको छ।

तिहारका लागि पोखरा आइपुगे भेँडाच्याङ्ग्रा

यस्ताे छ आजका लागि तोकिएकाे विदेशी मुद्राको विनिमयदर

यी पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना

आज कात्तिक कृष्ण त्रयोदशीः काग तिहार पर्व मनाइँदै

काठमाडौं २४ घण्टा खुलाउने तयारी
अरुपनि पढ्नुहोस
सबै
डिजिटल युगमा पनि जोगिँदै मादलको आकर्षण, तिहारमा माग उच्च

तिहार बिदामा निगमको डिपो खुला रहने

झापामा भूमिहीनलाई लालपुर्जा वितरण तीव्र, पहिलो चरणमै २,३३९ परिवारले जग्गा पाउने

दिल्ली प्रदूषणमा किसानलाई मात्रै दोष किन ? सर्वोच्चले उठायो धनीका गाडीमाथि प्रश्न
















