Opens in a new tab

तिहार बिदामा निगमको डिपो खुला रहने

नवलपुर टुडे

325Shares

सारांश

  • दीपावली तथा अन्य सार्वजनिक बिदाका दिनमा पनि नेपाल आयल निगमका डिपोहरू खुला रहने भएका छन्।
  • पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाउन र उपभोक्ताको हितलाई ध्यानमा राखी यो व्यवस्था मिलाइएको हो।
  • विराटनगर, थानकोट, अमलेखगन्जसहित देशका विभिन्न १३ स्थानका डिपो तथा प्रादेशिक कार्यालयहरू सञ्चालनमा रहनेछन्।
dida bag ad

काठमाडौं । पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन दीपावलीसहित सार्वजनिक बिदाका दिनमा पनि नेपाल आयल निगमको डिपो खुल्ला रहने भएको छ ।

उपभोक्ताको हितलाई ध्यानमा राखी स्थानीय आवश्यकताका आधारमा विराटनगर, अमलेखगन्ज, थानकोट, पोखरा, भैरहवा, सुर्खेत, धनगढी, नेपालगन्ज, दाङ, जनकपुर, चारआली, वीरगन्ज र दिपायलका डिपो तथा प्रादेशिक कार्यालय खुला रहने निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए ।