Opens in a new tab

झापाको मेचीनगर चिया बगानबाट ५५७ किलो गाँजा बरामद

नवलपुर टुडे

420Shares

सारांश

  • मोरङको झापास्थित मेचीनगर नगरपालिका–५ को एक चिया बगानबाट प्रहरीले ५५७ किलोग्राम गाँजा बरामद गरेको छ।
  • विशेष सूचनाको आधारमा खटिएको संयुक्त प्रहरी टोलीले बेवारिसे अवस्थामा प्लाष्टिकका १३ वटा पोकामा लुकाएर राखिएको सो परिमाणको गाँजा फेला पारेको हो।
  • घटना, कारोबार र तस्करहरूका बारेमा थप अनुसन्धान भइरहेको र संलग्न व्यक्तिको खोजी कार्यलाई तीव्रता दिइएको प्रहरीले जनाएको छ।
dida bag ad

मोरङ । झापाको मेचीनगर नगरपालिकाको चिया बगानबाट प्रहरीले ५ सय ५७ किलोग्राम गाँजा बरामद गरेको छ।

कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार शुक्रबार बिहान अस्थायी प्रहरी पोष्ट इँटाभट्टा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले मेचीनगर नगरपालिका–५ स्थित चिया बगानबाट उक्त परिमाणमा गाँजा बरामद गरेको हो।

चिया बगानमा लागुऔषध कारोबार भइरहेको सूचनाका अधारमा प्रहरीले बेवारिसे अवस्थामा रहेका १३ वटा प्लाष्टिकका पोकामा ५ सय ५७ किलोग्राम गाँजा बरामद गरेको कोशी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी उपरिक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिए।

उनका अनुसार प्रहरीले गाँजा कारोबारी तथा तस्करको खोजी कार्यलाई तिव्रता दिएको छ।

अरुपनि पढ्नुहोस

सबै

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

२०८३ कार्तिक २० | मध्यान्ह ०१:०७ बजे

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन

२०८३ कार्तिक २० | बिहान ११:०७ बजे