सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

रासस

सारांश
- गुल्मीको कालीगण्डकी गाउँपालिका–२, राक्से सडकखण्डमा सुक्खा पहिरो खस्दा कालीगण्डकी करिडोर पूर्ण रूपमा अवरुद्ध भएको छ।
- सडक अवरुद्ध भएपछि गुल्मीबाट विभिन्न जिल्लातर्फ छुट्ने र बाहिरबाट आउने सवारीसाधन तथा यात्रीहरू बीच बाटोमै अलपत्र परेका छन्।
- पहिरो पन्छाउन प्रहरीचौकी पूर्तिघाटबाट प्रहरी टोली खटिएको र गाउँपालिकाको समन्वयमा पहिरो हटाउने तयारी भइरहेको छ।

गुल्मी । कालीगण्डकी करिडोर सडकमा सुक्खा पहिरो खस्दा सडक अवरुद्ध बनेको छ । उक्त सडकअन्तर्गत गुल्मीको कालीगण्डकी गाउँपालिका–२, राक्से सडकखण्डमा सडकमाथिबाट सुक्खा पहिरो खसेपछि शुक्रबार बिहानदेखि उक्त सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।
सुक्खा पहिरो खसेर सडक अवरुद्ध भएको जानकारी प्राप्त हुनासाथ प्रहरीचौकी पूर्तिघाटबाट प्रहरी सहायक निरीक्षक बाबुराम श्रेष्ठको नेतृत्वमा टोली अहिले पहिरो गएको स्थानमा खटिसकेको छ ।
कालीगण्डकी गाउँपालिका र प्रहरीको समन्वयमा सडकमा थुप्रिएको पहिरो हटाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए ।
सडक अवरुद्ध हुँदा गुल्मीबाट पाल्पा, बुटवल, बागलुङ, पर्वत, म्याग्दी तथा पोखरासम्म आवतजावत जाने सम्पूर्ण सवारीसाधन तथा यात्रुबीच बाटोमै रोकिएका छन् । सडकमाथिबाट चट्टानसहितको सुक्खा पहिरो झरिरहेका कारण पहिरो पन्छाउन केही समय लाग्ने प्रहरीले जनाएको छ ।

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन

लेक लाग्ने समस्याको व्यवस्थापनसम्बन्धी मापदण्ड स्वीकृत

महँगीविरुद्ध फ्रान्समा ६ लाखभन्दा धेरै मानिसको प्रदर्शन

इरानमाथि आक्रमण गर्नेबारे राष्ट्रिय सुरक्षा टोलीसँग ट्रम्पको छलफल

हेगसेथ र रुबियोले पद नछाड्ने ह्वाइट हाउसको दाबी
अरुपनि पढ्नुहोस
सबै
आजदेखि बुटवलमा दीपावली सडक खाना महोत्सव : तयारी पूरा

विश्व बैङ्कको सहयोगमा सडक निर्माण

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ–पार्वतीकुण्ड

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा
















