यस्ताे छ आजका लागि तोकिएकाे विदेशी मुद्राको विनिमयदर

नवलपुर टुडे

सारांश
- नेपाल राष्ट्र बैङ्कले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलरको खरिददर १४९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १५० रुपैयाँ ५६ पैसा कायम गरिएको छ।
- युरोपियन युरोको खरिददर १६७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १६८ रुपैयाँ २१ पैसा तथा युके पाउन्ड स्ट्रलिङको खरिददर २०० रुपैयाँ ७४ पैसा र बिक्रीदर २०१ रुपैयाँ ५५ पैसा तोकिएको छ।
- केन्द्रीय बैङ्कले आवश्यकता अनुसार विनिमयदर जुनसुकै समयमा पनि संशोधन गर्न सकिने र वाणिज्य बैङ्कहरूले तोक्ने दर फरक हुन सक्ने स्पष्ट पारेको छ।

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १५० रुपैयाँ ५६ पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १६८ रुपैयाँ २१ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ ७४ पैसा र बिक्रीदर २०१ रुपैयाँ ५५ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८३ रुपैयाँ १९ पैसा र बिक्रीदर १८३ रुपैयाँ ९२ पैसा कायम गरिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ४७ पैसा र बिक्रीदर नौ रुपैयाँ ५१ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ४८ पैसा र बिक्रीदर २२ रुपैयाँ ५७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ९५ पैसा र बिक्रीदर ४० रुपैयाँ ११ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ १६ पैसा र बिक्रीदर ४१ रुपैयाँ ३२ पैसा कायम भएको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ४७ पैसा र बिक्रीदर चार रुपैयाँ ४९ पैसा, युएई दिराम एकको खरिददर ४० रुपैयाँ ८३ पैसा र बिक्रीदर ४० रुपैयाँ ९९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ०९ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ ०८ पैसा र बिक्रीदर ११ रुपैयाँ १२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ १८ पैसा र बिक्रीदर १५ रुपैयाँ २४ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ४१ पैसा र बिक्रीदर २२ रुपैयाँ ५० पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ १३ पैसा र बिक्रीदर १९ रुपैयाँ २१ पैसा, कुवेती दिनार एकको खरिददर ४८७ रुपैयाँ १२ पैसा र बिक्रीदर ४८९ रुपैयाँ ०७ पैसा, बहराइन दिनार एकको खरिददर ३९७ रुपैयाँ ४६ पैसा बिक्रीदर ३९९ रुपैयाँ ०५ पैसा, ओमनी रियाल एकको खरिददर ३८९ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३९१ रुपैयाँ ०५ पैसा रहेको छ ।
भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।
| Currency | Unit | Buy | Sell |
| INR (Indian Rupee) | 100 | 160.00 | 160.15 |
| USD (U.S. Dollar) | 1 | 149.96 | 150.56 |
| EUR (European Euro) | 1 | 167.54 | 168.21 |
| GBP (UK Pound Sterling) | 1 | 200.74 | 201.55 |
| CHF (Swiss Franc) | 1 | 183.19 | 183.92 |
| AUD (Australian Dollar) | 1 | 103.02 | 103.43 |
| CAD (Canadian Dollar) | 1 | 106.51 | 106.94 |
| SGD (Singapore Dollar) | 1 | 117.03 | 117.50 |
| JPY (Japanese Yen) | 10 | 9.47 | 9.51 |
| CNY (Chinese Yuan) | 1 | 22.48 | 22.57 |
| SAR (Saudi Arabian Riyal) | 1 | 39.95 | 40.11 |
| QAR (Qatari Riyal) | 1 | 41.16 | 41.32 |
| THB (Thai Baht) | 1 | 4.47 | 4.49 |
| AED (UAE Dirham) | 1 | 40.83 | 40.99 |
| MYR (Malaysian Ringgit) | 1 | 36.95 | 37.09 |
| KRW (South Korean Won) | 100 | 11.08 | 11.12 |
| SEK (Swedish Kroner) | 1 | 15.18 | 15.24 |
| DKK (Danish Kroner) | 1 | 22.41 | 22.50 |
| HKD (Hong Kong Dollar) | 1 | 19.13 | 19.21 |
| KWD (Kuwaity Dinar) | 1 | 487.12 | 489.07 |
| BHD (Bahrain Dinar) | 1 | 397.46 | 399.05 |
| OMR (Omani Rial) | 1 | 389.49 | 391.05 |

यी पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना

आज कात्तिक कृष्ण त्रयोदशीः काग तिहार पर्व मनाइँदै

काठमाडौं २४ घण्टा खुलाउने तयारी

डिजिटल युगमा पनि जोगिँदै मादलको आकर्षण, तिहारमा माग उच्च

तिहार बिदामा निगमको डिपो खुला रहने
अरुपनि पढ्नुहोस
सबै
झापामा भूमिहीनलाई लालपुर्जा वितरण तीव्र, पहिलो चरणमै २,३३९ परिवारले जग्गा पाउने

दिल्ली प्रदूषणमा किसानलाई मात्रै दोष किन ? सर्वोच्चले उठायो धनीका गाडीमाथि प्रश्न

झापाको मेचीनगर चिया बगानबाट ५५७ किलो गाँजा बरामद

चितवनमा १७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण
















