Opens in a new tab

यी पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना

नवलपुर टुडे

315Shares

सारांश

  • नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ जसका कारण केही हिमाली भूभागमा आंशिक बादली लागेको छ।
  • दिउँसो र रातिको समयमा देशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
  • आइतबार पनि केही प्रदेशका हिमाલી तथा पहाडी भूभागमा हल्का वर्षा र हिमपात हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
dida bag ad

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जसको प्रभावले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा आंशिक बादल लागेको छ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

दिउँसो देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका साथै कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।

राति कोशी र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका साथै बाँकी हिमाली भूभागमा आंशिक बादल लाग्ने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।

आइतबार देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ।  गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी तथा कोशी र बागमती प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना महाशाखाले जनाएको छ।