नवलपरासीमा २० बर्षदेखि फरार कर्तब्य मुद्दाका प्रतिबादी पक्राउ

नवलपुर टुडे

सारांश
- पश्चिम नवलपरासीको प्रतापपुरबाट कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी वीरेन्द्र गुप्ता २० वर्षपछि पक्राउ परेका छन्।
- जिल्ला अदालतले २०६३ साल असार ३२ गते उनलाई १० वर्ष ५ महिना १७ दिन कैद सजायको फैसला सुनाएको थियो।
- प्रहरीले उनलाई आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरी कैद भुक्तानका लागि कारागार चलान गरेको छ।

नवलपरासी । पश्चिम नवलपरासीमा कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई फरार रहेका प्रतिबादीलाई २० बर्ष पछि प्रहरीले पक्राउ गरिएको छ । पक्राउ पर्नेमा प्रतापपुर गाउँपालिका- ०७ सुर्यपुरा बस्ने बर्ष ५७ का बिरेन्द्र गुप्ता रहेका छन ।
उनलाई जिल्ला अदालत नवलपरासीले २०६३/०३/३२ गते कर्तब्य ज्यान मुद्दामा १० बर्ष ०५ महिना १७ दिन कैद सजाय हुने फैसला गरेका थिए । अदालतले दोषी ठहर हुने फैसाला गरे पश्चात गुप्ता २० बर्षदेखि फरार रहेका थिए ।
फरार गुप्तालाई फैसला कार्यन्वयनका लागि इलाका प्रहरी कार्यालय बेलाटारीबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरिएको कार्यालयका सुचना अधिकारी एवम प्रहरी नायव उपरीक्षक मदन थापाले नवलपुर टुडेलाई जानकारी दिएको छ ।
उनलाई फैसला कार्यन्वयनका लागि सम्मानित जिल्ला अदालत नवलपरासीमा उपस्थित गराई अदालतको आदेशमा कारागार कार्यालय परासी चलान गरिएको थापाले बताए ।

पत्रकारिता सत्य, तथ्य र जनहितको पक्षमा उभिनुपर्छ : प्रदेश प्रमुख देवकोटा

पार्टीको १५औँ महाधिवेशनबाट कांग्रेस युवामय भएको छ : महामन्त्री सङ्ग्रौला

वायु प्रदूषण बढेपछि दिल्लीमा नियन्त्रणका कडा उपाय लागू

युवालाई स्वदेशमै उद्यमशील बनाउन आठ अर्बको व्यवस्था : मुख्यमन्त्री कार्की

देउसी–भैलोबाट संकलित रकम सामाजिक कार्यमा – होस्टल व्यवसायी संघ
अरुपनि पढ्नुहोस
सबै
काग तिहार : कागेश्वरी मन्दिरमा भक्तजनको घुइँचो

युद्ध सुरु हुँदाको भन्दा इरानी सेना अझ बलियो : सैन्य प्रवक्ता

कात्तिक २४ र २५ गते उपत्यकाको फोहोर व्यवस्थापन प्रभावित हुने

जलवायु न्याय हाम्रो अधिकार हो, यही आवाजका साथ कोप-३१ मा सहभागी हुँदैछौँ: मन्त्री चौधरी
















