Opens in a new tab

बन्दीपुर घुम्न आएका विदेशीलाई दसैंको टीका

नवलपुर टुडे

29Shares
dida bag ad

बन्दीपुरस्थित होटल हिमालय दरबारमा बसेका उनीहरूलाई होटल सञ्चालकले टीका र जमरा लगाइदिएका थिए। होटलका सञ्चालक वैश गुरुङले दसैंको टीका र जमरा लगाएपछि पर्यटकले खुसी व्यक्त गर्दै यस चाडबारे सोधपुछ गरेको बताए।

उनले भने, “नेपालीको रीतिरिवाज र कलासंस्कृतिबारे विदेशी पर्यटक उत्सुक भएको पायौ। दसैँबारे सोधपुछ गरेपछि हामीले यस पर्वबारे जानकारी गरायौ।”

केही दिनदेखि बन्दीपुर भ्रमणमा रहेका विदेशी पर्यटकलाई दसैँ टीका लगाएर बिदाइ गरेको उनको भनाइ छ। दसैँ सुरु भएसँगै बन्दीपुरमा विदेशी पर्यटकको चहलपहल सुरु भएको गुरुङले बताए।

उनले भने, “अब बन्दीपुरमा पर्यटकको चहलपहल हुने समय हो। विदेशी पर्यटकको आगमन बढ्दो अवस्थामा छ।”