समाज

सर्लाही प्रवासी सेवा समाज कतारको एघारौं अधिवेशनबाट अध्यक्षमा पुनः प्रकाश आले मगर निर्विरोध निर्वाचित

रामएकवाल राम
२०८१ अशोज २६ | बिहान ०७:०६ बजे

दोहा, कतार । सर्लाही प्रवासी सेवा समाज कतारको एघारौं अधिवेशन सम्पन्न भएको छ। सभाबाट आगामी कार्यकालका लागी अध्यक्षमा पुनः प्रकाश आले मगर निर्विरोध निर्वाचित भएका छन। प्रथम उपाध्यक्षमा लाल बाबू महतो, द्वितीय उपाध्यक्षमा बाबू राम थापा, महासचिव नैन भुजेल, सचीवमा प्रमोद यादव, कोषाध्यक्ष लक्ष्मण साह, सह कोषाध्यक्ष दिपक चौधरी निर्वाचित भएका छन।

त्यस्तै कार्यसमिति सदस्यहरुमा रन्जित पुलामी मगर, गिरिराज घिमिरे, देवेन्द्र पासवान, यादव मैनाली, मेग राज बल्मपाकी मगर, फारुक खान रहेका छन ।

शुक्रबार एसियन टाउनस्थित रहेको वेलफेयर रेस्टुरेन्टको सभाहलमा समाज कतारका अध्यक्ष प्रकाश आले मगरको सभापतित्व तथा गैर आवासिय नेपाली संघ एनसिसी कतारका अध्यक्ष रमेश भट्टको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको कार्यक्रममा कतारमा स्थापित विभिन्न सामाजिक बैचारिक संघ संस्था तथा जिल्ला बासीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।

समाजका सल्लाहकार सदस्य श्री श्याम लाल चौधरीले स्वागत मन्तव्य प्रस्तुत गर्दै उपस्थित सबैलाई स्वागत गरेको कार्यक्रममा समाजको दुई बर्षे कार्यप्रगती विवरण महासचिव नैन भुजेलले पेश गरेका थिए।

प्रमुख अतिथी भट्टले नव निर्वाचित कार्यसमितिलाई हार्दिक बधाई व्यक्त गर्दै सामाजिक कार्यमा समाज अग्रणी रहेको र समाजले कतार तथा गृह जिल्ला सर्लाहीमा गरेका विभिन्न सामाजिक, कार्यहरु उदाहरणिय र उल्लेखनीय रहेको बताउदै समाज रुपान्तरणमा गैर आवासिय नेपाली संघ सगं जोडिएर काम गर्न आग्रह समेत गरे।

समाजले कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई प्रशंसा पत्रले सम्मान गरेको थियो । विधिवत रूपमा सुरुवात गरेको कार्यक्रमलाई सभापती मगरले खुल्ला सत्रको कार्यक्रमलाई समापन गर्दै आफ्नो पहिलो कार्यकाल सफल बनाउन आर्थिक, नैतिक भौतिक साथ सहयोग गर्ने तथा सभाहलमा उपस्थित सम्पुर्णलाई धन्यवाद प्रकट गर्दै खुल्ला सत्रको कार्यक्रमलाई समापन गरे । समाजका महासचिव नैन भुजेलले कार्यक्रमको सहजीकरण गरेको थियो।

कमेन्टहरु