करेन्ट लागेर आमा र छोराको मृत्यु

अशोक यादव


रौतहट। रौतहटमा विद्युतीय मोटरबाट करेन्ट लागेर आमा र छोराको मृत्यु भएको छ। रौतहट जिल्लाको परोहा नगरपालिका वडा नं ७ नरकटिया टोलमा बस्ने राजेश साहकी ३५ बर्षीय श्रीमती ललिता देवी साह र १८ बर्षीय छोरा अर्जित साहको आज आफ्नै घरमा हैण्डपाईपमा जडान रहेको बिधुत मोटरमा करेन्ट लागेर मृत्यु भएको छ ।
कपडा धुन हैण्डपाईप (कल) मा जडान बिधुत मोटर पानीको लागि साहकी श्रीमती चलाउन खोज्दा करेन्ट लागेर अचेत भएको अवस्थामा उनका छोराले आमाले बचाउन जादा जडान गरिएको मोटरको तार जोडने क्रममा करेन्ट लागेको थियो । उपचारको लागि प्रादेशिक अस्पताल गौर ल्याइएको हो तर आमा र छोराको मृत्यु बाटोमै भइसकेको चिकित्सकहरूले जनाएको छ ।
मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको छ ।


कपिलवस्तुका ७० स्थानमा छठघाट निर्माण

हिमाली जल सुरक्षाका लागि विपद् पूर्वतयारी र एकीकृत विकासमा जोड

गाउँमै उद्यम र रोजगारी सिर्जना गर्ने सम्भावना खोज्दै विद्यार्थी

संरक्षण नहुँदा खण्डहर बन्दै रसुवाको सीता गुफा
अरुपनि पढ्नुहोस
सबै
लेकसाइडमा ‘अपरेसन सभ्यता’ : तीन दिनमा ४४ जना कारबाहीमा

छठको दोस्रो दिन : गुह्येश्वरीमा तयारी अन्तिम चरणमा

बाढी प्रभावित बालबालिकाको संरक्षणमा सघाउन आह्वान

एआई प्रविधिमा लगानी बढाउने र सहकार्य सुदृढ गर्ने ईयूको तयारी
















