वीरगन्ज महानगरपालिकाका राजेशमान मेयर सिंहमाथि दुर्व्यवहार

नवलपुर टुडे


वीरगन्ज । वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहमाथि दुर्व्यवहार भएको छ । महानगरको अलौँ वडा नम्बर १७ मा सोमबार बिहान मेयर सिंहमाथि स्थानीयले दुर्व्यवहार गरेका हुन् ।
महानगरको वडा नम्बर २६ स्थित खेतमा जमेको पानीको विषयलाई लिएर विवाद हुँदा मेयर सिंहमाथि आक्रमण भएको स्थानीयवासीले बताए । एक स्थानीयका अनुसार असोज १२ र १३ गतेको अविरल वर्षापछि आएको बाढी खेतमा भरिएको थियो । उनले भने, ‘जमेको पानी शनिवार वडा नम्बर १७ का वडा सदस्य आमोद यादवले खोल्नुभएको थियो, तर आइतबार अर्को पक्ष गएर फेरि बन्द गरेको थियो ।
त्यही जमेको पानी फेरि मेयर सिंहले खोल्दा विवाद भएको हो, त्यहिबेला उनीमाथि दुर्व्यवहार भएको हो ।’ घटनाबारे प्रतिक्रिया लिन मेयर राजेशमान सिंह तथा उनको सचिवालयमा पटक–पटक सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

कात्तिकमा सवारी नियम उल्लङ्घन गर्ने १२ हजार ९६७ चालक कारबाहीमा

जलवायु न्याय, वित्त र पर्वतीय विषय हाम्रा मुद्दा हुन् : मन्त्री चौधरी

सौराहामा पहिलो पटक नेपथ्य लाइभ, तयारी अन्तिम चरण

दाँतको दुखाइमा किन प्रभावकारी हुन्छ ल्वाङ?

अरुपनि पढ्नुहोस
सबै
दक्षिण कोरियाको कर लेखा परीक्षामा पहिलो भएका परीक्षार्थीले एआईको सहायतामा दिएका थिए परीक्षा

चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो

छठघाट रेखदेख गर्न बसेका ६० वर्षीय यादव मृत

संकटमा रैथाने बासमती : हाइब्रिडको विस्तार र सिँचाइ अभावले मौलिक बास्ना हराउँदै
















