इलाका प्रहरी कार्यालय, गणेशपुरको नागरिक सुनवाई कार्यक्रम सम्पन्न
नन्द किशोर कुर्मी (लालु)


कपिलवस्तु, असोज २१ । कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका वडा नं ७ मा रहेको राम लौटन द्रोपदी माध्यमिक विद्यालयमा आज इलाका प्रहरी कार्यालय गणेशपुरको नागरिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ। इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक हर्ष बहादुर चन्दको अध्यक्षता विशिष्ट अतिथामा विजयनगर गाउँपालिका प्रवक्ता तथा वडा नं ७ का वडाध्यक्ष दिनेश कुमार चौधरी तथा वडा नं ५ का वडाध्यक्ष अनवार अहमद रहेका थिए।
कार्यक्रममा उपस्थित माझ जानकारी गराउदै प्रहरी निरिक्षक चन्दले आर्थिक बर्ष २०८०/८१ मा १८ ओटा मुद्दा दर्ता भएको चार वटा मुद्दा किनारा लागि सकेको १४ वटा अझै फैसला हुन बाकी रहेको, ५१ वटा ठाडो निवेदन परेको जस्मा ४५ वटा किनारा लागि सकेको तथा ६ वटा अझै बाकी रहेको, विभिन्न समयमा नागरिक प्रहरी सहकार्य कार्यक्रम मार्फत जनचेतना मूलक कार्यक्रम गर्दै आएको जानकारी गराउदै उपस्थित जन समुदाय माझ प्रहरीले अझ सुरक्षा व्यवस्था चुस्त दुरूस्त बनाउन सुझाव संकलन गरिएको थियो।

कार्यक्रमा बोल्दै वडाध्यक्ष चौधरीले सामाजिक परिवर्तन गर्न व्यक्तिको मानसिकता परिवर्तन हुनु पर्ने कुरामा जोड दिदै आफूले विभिन्न चुनौतीको सामना गर्दै आएको तर पनि समाजमा सकारात्मक परिवर्तन गर्न आफू पछाडि नहट्ने बताए।
कार्यक्रममा बोल्दै वडाध्यक्ष अनवारले प्रहरीको सेवा बाट आम नागरिक सन्तुष्ट छन् कि छैनन् भन्ने उदेश्यका साथ राखिएको कार्यक्रम सराहनीय रहेको बताउदै आम नागरिकले आफ्नो हक अधिकारका लागि सधै अग्रसर हुनु पर्ने बताए। कार्यक्रममा नागरिकबाट आएका जिज्ञासा लाई सम्बोधन गर्दै कार्यक्रमका अध्यक्ष चन्दले प्रहरी तथा नागरिक मिलेर अगाडि आए मात्र समाजमा शान्ति स्थापना हुन सक्ने कुरामा जोड दिए। कार्यक्रममा स्थानीय, पत्रकार, समाजसेवी, राजनीतिक व्यक्ति, शिक्षाप्रेमी, किसान लगायत अन्यको सहभागिता रहेको थियो।
इलाका प्रहरी कार्यालय गणेशपुरकी सहायक प्रहरी निरिक्षक सृजना पुरीले कार्यक्रम संचालन गर्नुभयो।

पहिलो गणतान्त्रिक सरकारले नै कर्णालीको समृद्धिको खाका कोरेको हो : संयोजक दाहाल

तथ्याङ्कमा बुझ्नुहोस् यी पक्ष : ट्रम्पप्रति कसरी अमेरिकी जनताले पिठ्युँ फर्काए ?

चिनियाँ अन्तरिक्ष स्टेसन पुग्ने पहिलो विदेशी नागरिक बन्दै पाकिस्तानी अन्तरिक्ष यात्री

नवलपरासीमा २० बर्षदेखि फरार कर्तब्य मुद्दाका प्रतिबादी पक्राउ

पत्रकारिता सत्य, तथ्य र जनहितको पक्षमा उभिनुपर्छ : प्रदेश प्रमुख देवकोटा
अरुपनि पढ्नुहोस
सबै
पार्टीको १५औँ महाधिवेशनबाट कांग्रेस युवामय भएको छ : महामन्त्री सङ्ग्रौला

वायु प्रदूषण बढेपछि दिल्लीमा नियन्त्रणका कडा उपाय लागू

युवालाई स्वदेशमै उद्यमशील बनाउन आठ अर्बको व्यवस्था : मुख्यमन्त्री कार्की

देउसी–भैलोबाट संकलित रकम सामाजिक कार्यमा – होस्टल व्यवसायी संघ
















