समाज

अध्यक्ष चौधरीद्वारा नगरबासीलाई शुभकामना सन्देश

धर्मेन्द्र कुमार कुर्मी
२०८१ अशोज १७ | मध्यान्ह ०८:०६ बजे

विजयनगर । विजयनगर गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष हृदय विकास चौधरी (बिके चौधरी)द्वारा वडाबासी एवम नेपालीजनलाई बडा दशैको शुभकामना ब्यक्त गरेका छन । अध्यक्ष चौधरीले बडा दशैं, शुभ दिपावली, छठ तथा नेपाल संम्बत पर्वको हार्दिक मंगलमय शुभकामना दिएको हो ।

अध्यक्ष चौधरीले देश विदेशमा रहनु भएका आफन्तजन, इस्टमित्र, शुभचिन्तक एवम समस्त नगरवासी आमाबुवा, दाजुभाई तथा दिदीबहिनीहरुमा सु-स्वास्थ, दीर्घायु र प्रगतिको कामना गर्दै, हार्दिक शुभकामना व्यक्त गरेको छ ।

साथै नेपाली पर्वले समुदायमा आपसी भाइचारा, सद्भाव र मित्रता अझै मजवुत र प्रगाढ बनाउन सकारात्मक भूमिका खेलून भन्ने विश्वाससमेत व्यक्त गर्दै, गाउँको विकास र समृद्दीमा सम्पूर्ण नगरबासीहरुको साथ, हौसला र सकारात्मक संयोगको सदैव अपेक्षा गरेका बताए । त्यस्तै यस पर्वले भ्रमण बर्ष २०८१ सफल बनाउने उत्सवका रुपमा मनाउन आग्रह गरेको छ ।

photo 2024 10 03 20 09 25
विजयनगर गाउँपालिका- ३ का वडा अध्यक्ष हृदय बिकास चौधरी ।

कमेन्टहरु