जन ज्योति आधारभूत विद्यालयद्वारा दशैको शुभकामना


विजयनगर । कपिलवस्तु जिल्लाको मानपुर- ७ स्थित रहेको श्री जन ज्योती आधारभूत विद्यालयले दशै, तिहार, छठ र नेपाम संम्बत पर्बको शुभकामना ब्यक्त गरेका छन ।
विद्यालयले शुभकामना सन्देशमा नेपालीहरुको महान चाड बडादशैं, शुभ दिपावली, छठ र नेपाल संम्बत पर्वको पावन अवसरमा देश विदेशमा रहनु भएका आफन्तजन, इस्टमित्र, शुभचिन्तक एवम समस्त नगरवासी आमाबुवा, दाजुभाई तथा दिदीबहिनीहरुमा सु-स्वास्थ, दीर्घायु र प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गरेको छ ।

त्यसै गरी यी पर्वले नेपाली समुदायमा आपसी भाइचारा, सद्भाव र मित्रता अझै मजवुत र प्रगाढ बनाउन सकारात्मक भूमिका खेलून भन्ने विश्वाससमेत व्यक्त गरेका छन ।
साथै गाउँको विकास र समृद्दीमा सम्पूर्ण नगरबासीहरुको साथ, हौसला र सकारात्मक सयोगको सदैव अपेक्षासमेत लिएको उल्लेख गरेका छन । विद्यालयले यस गाउँपालिका बासीलाई चाडपर्वहरु भ्रमण बर्ष २०२४ सफल बनाउने उत्सवका रुपमा मनाउन आग्रह गरेका छन ।”
श्री जन ज्योति आधारभूत विद्यालय मानपुर ढोढरी, कपिलवस्तु

























