गुरुङ समुदायको कथामाथि बन्ने फिल्म ‘जुन-किरी’को शुभमुहूर्त

नवलपुर टुडे


काठमाडौं । गुरुङ समुदायको घाँटुको कथामाथि निर्माण हुन लागेको फिल्म ‘जुन-किरी’को शुक्रबार शुभमूहुर्त गरिएको छ।
निर्देशक दीप गुरुङ र कलाकारहरूले क्यामेरामा पूजा गरेर फिल्मको शुभमुहूर्त गरेका हुन्। दीप फिल्म्स् प्रोडक्सनले निर्माण गर्न लागेको फिल्म असोज १५ गतेबाट छायांकनमा जानेछ।
फिल्ममा कलाकार सुरज तमु र लक्ष्मी गुरुङ मुख्य भूमिकामा छन्। सुरजले ‘ऊनको स्वीटर’, ‘गोरखा वारियर’ ‘एन्जिला’, ‘सारंगा’, ‘नैना’ लगायतका फिल्ममा अभिनय गरिसकेका छन्।
एक दशकदेखि रंगकर्ममा सक्रिय सुरजले ‘स्कुल’, ‘चालिसे भीर’ लगायतका नाटक निर्देशन गरिसकेका छन्। उनले ‘दयामाया आफूमात्र लिखापानी आइपुगी’, ‘हरियो ढुंगा’, ‘मिमांशा’, ‘योगमाया’, ‘कोरा’, ‘अर्को अर्थ नलागेमा’, ‘ब्यूंझिएको सिरानी’, ‘चोरको स्वर’ लगायत करिब २ दर्जन नाटकमा अभिनय गरिसकेका छन्। लक्ष्मीको यो दोस्रो फिल्म हो।
यसअघि ‘नैना’ फिल्ममा उनले मुख्य भूमिकामा काम गरेकी थिइन्। ‘माइली’, ‘युके लन्डन’ लगायत दर्जनौं म्युजिक भिडिओमा उनले काम गरिसकेकी छन्। फिल्म सुरज र लक्ष्मीसंगै यो समयका व्यस्त कलाकार माओत्से गुरुङ, अनिल सुब्बा, कविता आलेको पनि महत्वपूर्ण भूमिका छ।
त्यसैगरी फिल्ममा प्रतीना राई, प्रविन मगर,सुस्मिता गुरुङ, माया गुरुङ, समर्पण श्री र सौजन सेन्ह्याङ लगायतका कलाकारको अभिनय रहनेछ। निर्देशक दीप गुरुङको यो दोस्रो फिल्म हो। उनले यसअघि फिल्म ‘नैना’ निर्देशन गरेका थिए।
उनले दर्जनौं म्युजिक भिडिओ निर्देशन गरिसकेका छन्। फिल्ममा काठमाडौंमा संघर्ष गरिरहेको फोटोग्राफरको यात्रा र अनुभूतिको कथामा केन्द्रित छ।
गुरुङहरूमाथि पहिल्यैदेखि नाच्दै आएको घाँटुको फोटो खिच्न जाँदा घट्ने घटना र भेटिने सम्बन्धहरूले कथालाई रोचक बनाउने विश्वास निर्माण टिमले लिएको छ।
‘एउटा अन्धकार रातमा जुनकिरीले उज्यालोसङ्ग संघर्ष गरेझैं अहिलेको समयमा घाटुले पनि यस्तै संघर्ष गरिरहेको छ। त्यसकारण पनि हामीलाई यो कथा भन्न आवश्यक लाग्यो,’ कलाकार तमु भन्छन्।
गुरुङ भाषामा घाँटु भनेको घाउ सिलाउनु हो। फिल्ममा भरत राई र सुरज तमुको कथा तथा केर कोइँच लिनुचको पटकथा रहेको छ। फिल्ममा कलाकार अनिल सुब्बा एक्टिङ निर्देशकका रुपमा छन्। फिल्मलाई सिनेमाटोग्राफर योगेश दाहालले खिच्नेछन्।

पहिलो गणतान्त्रिक सरकारले नै कर्णालीको समृद्धिको खाका कोरेको हो : संयोजक दाहाल

तथ्याङ्कमा बुझ्नुहोस् यी पक्ष : ट्रम्पप्रति कसरी अमेरिकी जनताले पिठ्युँ फर्काए ?

चिनियाँ अन्तरिक्ष स्टेसन पुग्ने पहिलो विदेशी नागरिक बन्दै पाकिस्तानी अन्तरिक्ष यात्री

नवलपरासीमा २० बर्षदेखि फरार कर्तब्य मुद्दाका प्रतिबादी पक्राउ

पत्रकारिता सत्य, तथ्य र जनहितको पक्षमा उभिनुपर्छ : प्रदेश प्रमुख देवकोटा
अरुपनि पढ्नुहोस
सबै
पार्टीको १५औँ महाधिवेशनबाट कांग्रेस युवामय भएको छ : महामन्त्री सङ्ग्रौला

वायु प्रदूषण बढेपछि दिल्लीमा नियन्त्रणका कडा उपाय लागू

युवालाई स्वदेशमै उद्यमशील बनाउन आठ अर्बको व्यवस्था : मुख्यमन्त्री कार्की

देउसी–भैलोबाट संकलित रकम सामाजिक कार्यमा – होस्टल व्यवसायी संघ
















