समाज

मुस्ताङ कारागारमा पुस्तकालय स्थापना

नवलपुर टुडे
२०८१ अशोज ९ | मध्यान्ह ०६:०६ बजे

मुस्ताङ, असोज ९ । हिमाल पारीको जिल्ला मुस्ताङमा रहेको कारागारमा पुस्तकालय स्थापना गरिएको छ । कारागारमा अत्यन्तै न्यून संख्यामा कैदी तथा बन्दीहरु रहेको भए तापनि उनीहरुमा सकारात्मक भावनाको बिकास होस भन्ने उद्धेश्यले उक्त पुस्तकालय स्थापना गरिएको हो ।

नेपाल भर रहेका कारागारमा पुस्तकालय स्थापना गर्ने योजना रहेको भए तापनि यहाँ यसको जोहो अघिल्लो महिनाको १६ गते आफ्नो एक बर्षे कार्यकालको समाप्ती संगै नेपाल प्रहरीमा रहेको ३० सेवा हदका कारण प्रहरी नायव उपरीक्षक पदबाट सेवा निबृत भएका पुर्व प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेयले जुटाएका हुन ।

मुस्ताङमा कार्यालय प्रमुख रहदा नै कारागारमा पुस्तकालय स्थापना गर्ने योजना अबकास हुनु परेको कारण पुरा नभए पनि अबकास पश्चात पुस्तकालय स्थापना गर्ने कार्यले मुर्तरुप पाएको हो । यसअघि उनकै कार्यकालमा जिल्ला प्रहरी कार्यालय मुस्ताङमा पुस्तकालय स्थापना गरिएको थियो ।

सो पुस्तकालयमा नयाँ पुराना र बिभिन्न बिधासंग सम्बन्धित करिब १०० थान पुस्तक पुस्तकालयलाई प्रदान गरिएको छ । आफ्ना स्वर्गीय पिता दिनानाथ पाण्डेयको पुण्य तिथिको अबसरमा पुत्र भोजराज पाण्डेय तथा निजका दाजु चुरामणी पाण्डेयले सो ब्यबस्थापनमा सहकार्य गरेका थिए ।

बिद्यार्थी पुस्तक भण्डार कमलपोखरी काठमाण्डौ, भूंडि पुराण प्रकाशन बागबजार र जनता पुस्तक पसल तमघास गुल्मीले पुस्तक सहयोग गरी पुस्तकालय स्थापना गर्ने कार्यमा सहकार्य गरेका थिए ।

कमेन्टहरु