समाज

विदेशबाट मतदान गर्न पाउने ब्यवस्था माग गर्दै राजदुतलाई ज्ञापन पत्र

नवलपुर टुडे
२०८१ अशोज ५ | मध्यान्ह ०७:०६ बजे

काठमाडौ । संघीय लिम्बुवान सामाजिक मञ्च युएईले विदेशबाट पनि मतदान गर्न पाउने व्यवस्था हुनुपर्ने माग गरेको छ। संविधान दिवशको शन्दर्भ पारेर युएई स्थित नेपाली राजदुतावासका राजदुत तेज बहादुर क्षेत्रीलाई ज्ञापन पत्र बुझाउदै संघीय लिम्बुवान सामाजिक मञ्च युएईले विदेशबाट पनि आफ्नो मताधिकार प्रयोग गर्न पाउने अधिकारको सुनिश्चित हुनुपर्ने माग गरेको हो।

सो अवशरमा मञ्चले राजदुत क्षेत्रीलाई संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेन मिराक द्वारा लिखित समानुपातिक प्रणाली रक्षा गरौं अभियान सम्बन्धी पुस्तिका समेत हस्तान्तरण गरेको थियो।

ज्ञापन पत्र बुझाउने कार्यक्रममा संघीय लिम्बुवान सामाजिक मञ्च युएईका प्रमुख सल्लाहकार, नेफिन युएईका अध्यक्ष एवंम् किरात याक्थुङ चुम्लुङ युएईका सल्लाहकार बिक्रम पन्धाक लिम्बु मिसामले आफ्ना कुरा राख्दै प्रवासबाट पनि भोट गर्न पाउने व्यवस्था हुनुपर्ने र युएईको दुबई तथा अन्य इमिरेट्समा पनि दुतावासको व्यवस्था हुनुपर्ने, सम्पर्कमा सहजीकरणको अवस्था सिर्जना गरिनुपर्ने बताए। उनले नेपालमा समानुपातिक प्रणाली हटाउने षडयन्त्र भइरहेको भन्दै आपत्ति जनाए।

photo 2024 09 21 19 08 40

मञ्चले लिम्बुवान, खम्बुवान, मधेश, थरुहट, तमुवान, नेवा, मगरात, खसान, ताम्सालिङ, शेर्पालुङसँगै आदिवासी जनजाति, महिला, मुस्लिम, दलित, पछाडि पारिएका वर्ग, समुदायको आवाजलाई सुन्न माग गरेको छ।

कार्यक्रममा संघीय लिम्बुवान सामाजिक मञ्च युएईका प्रमुख सल्लाहकार पन्धाकसँगै महासचिव भुमी इधिङ्गो लिम्बु यम्भामी, कोषाध्यक्ष मनिषा खाम्दाक ईङ्गाषा, केन्द्रीय सदस्य यतिमहाङ् मेन्याङ्बो लिम्बु साङ्माङ्थुंग, ताप्लेजुङ समाज सेवा समिति युएईका अध्यक्ष लोकेन्द्र पालुङवा, सुनुवार सेवा समाज युएईका उपाध्यक्ष मनकुमारी सुनुवार लगायतको सहभागिता रहेको संघीय लिम्बुवान सामाजिक मञ्च युएईका महासचिव भूमी इधिङ्गो लिम्बु यम्भामीले बताइन्।

photo 2024 09 21 19 08 33

कमेन्टहरु