समाज

आज मुस्लिम धर्माबलम्बीले मोहम्मद जयन्ती मनाउँदै

नवलपुर टुडे
२०८१ भदौ ३१ | बिहान ०६:०५ बजे

हजरत मोहम्मदको जन्म इस्लामी पात्रो हिजरी संवतको रवि अव्वल महिनामा साउदी अरबको मक्कामा बिबी आमिनाको कोखबाट  ५७० एडीमा भएको थियो। उनको निधन भने मृत्यू मक्कामा ६३२ जून ८ मा ६३ वर्षको उमेरमा साउदीकै मदिनामा भएको थियो। साउदी अरेबियामा जन्मेका मोहम्मद इस्लाम धर्मका संस्थापक हुन्।

मोहम्मद डे लाई इद मिला दुननबी र १२ रबिउल अब्बल पनि भन्ने गरिन्छ। आजको दिन मुस्लिम समुदायले रैली निकाल्नुका साथै मस्जिदमा कुरान पाठ गर्ने, हजरत मोहम्मदका उपदेश स्मरण गर्ने, सामूहिक भोजन गर्ने र एकअर्कामा शुभकामना साटासाट गर्ने प्रचलन रहेको छ।

मोहम्मद दिवसको अवसरमा सरकारले आज मुस्लिम धर्माबलम्बीलाई बिदा दिएको छ।

कमेन्टहरु