समाज

सुनवलमा निशुल्क स्वास्थ्य शिबिर सम्पन्न

नवलपुर टुडे
२०८१ भदौ २९ | मध्यान्ह ०५:०५ बजे

सुनवल, भदौ २९ । पश्चिम नवलपरासीको सुनवलस्थित रहेको लोकेश्वर बैरागनाथ खानेपानी तथा सरसफाई उपभोक्ता समितीको आयोजनामा एक दिने निशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ ।

शिबिर कार्यक्रममा आँखा लगायत विभिन्न रोगको निशुल्क परिक्षण गरिएको थियो । सो शिबिरमा डाक्टर बिनोद निता कंडेल आँखा अस्पतल परासीद्वारा ४३६ जना आँखा रोगीहरुले परिक्षण गरिएको थियो भने, साझा अस्पताल प्रालि बुटवलद्वारा ४७५ जना अन्य बिरामीहरुको स्वास्थ्य परिक्षण गरिएको आयोजकले जानकारी दिएको छ ।

प्रमुख अतिथि कांग्रेस केन्द्रीय सदस्य एवम पुर्व गृह राज्यमन्त्री देवेन्द्र राज कंडेल, विशिष्ट अतिथीमा सुनवल नगरपालिकाका नगर प्रमुख बिमला अर्याल रहेको थियो भने लोकेश्वर बैरागनाथ खानेपानी तथा सरसफाई उपभोक्ता समितीका अध्यक्ष गुप्त बहादुर केसीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

सो कार्यक्रममा बिभिन्न राजनीति दलका प्रतिनिधि, वडाका प्रतिनिधिहरु, खानेपानी तथा सरसफाई लुम्बिनी प्रदेश महासंघका सदस्य थान प्रसाद गैरे, सामाजिक ब्याक्तित्व भरत पौडेल, समाजसेवीहरु, बुद्धिजीवीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

तस्बिर:

photo 2024 09 14 18 03 09 photo 2024 09 14 18 03 15 photo 2024 09 14 18 03 19

कमेन्टहरु