समाज

वीरगञ्जबाट बंगलादेशी नागरिक पक्राऊ

नवलपुर टुडे
२०८१ भदौ २७ | मध्यान्ह ०४:०५ बजे

वीरगञ्ज । वीरगञ्जबाट अबैध रुपमा बस्ने बंगलादेशी नागरिक पक्राउ पतेका छन । पक्राउ पर्नेमा बंगलादेश सिलेट होबीगंज होल्डिङ नं.७७७ बस्ने अमिन सरिफको छोरा बर्ष २९ को महमद सहादत हुसेन रहेको छ ।

उनलाई बुधबार राती अन्दाजी १०:१५ बजे वीरगञ्ज महानगरपालिका- १६ बसपार्कस्थितमा रहेको आर्यन होटल एण्ड लजको कोठा नं.२०२ बाट पक्राउ गरेका हुन ।

चाँडपर्वलाई लक्षित गरी वीरगञ्जस्थित रहेका होटलहरूको चेकजाँच गर्ने क्रममा बंगलादेशी नागरिकलाई फेला पारी सोधपुछ गर्दा निजको साथमा पासपोर्ट भिसा लगायत आवश्यक कागजपत्रहरू नरहेको हुँदा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका सुचना अधिकारी दिपक भारतीयले जानकारी दिए ।

उनलाई आवश्यक कारवाहीको लागी अध्यागमन कार्यालय वीरगञ्ज पर्सामा बिहिवार बुझाइएको भारतीले बताए ।

कमेन्टहरु