चितवन कारागारका कैदीबन्दीको उपचारमा आर्थिक अभाव

नवलपुर टुडे
29

चितवन, भदौ २७ । जिल्लामा कैदीबन्दीको उपचारमा आर्थिक अभाव भएको छ । गुणस्तरीय स्वास्थ्य उपचार पाइने भएपछि काठमाडौँपछि कैदीबन्दीले चितवन रोज्ने गरेकामा पहिल्लो समय आर्थिक अभाव देखिन थालेको हो ।
उपचार गर्नुपर्ने कैदीबन्दीको सङ्ख्या धेरै भएपछि बजेटको अभाव भएको कारागार कार्यालय चितवनले जनाएको छ । कारागार प्रमुख कमलप्रसाद आचार्यका अनुसार कारागारमा अहिले एक सय २४ जना दीर्घरोगी कैदीबन्दी रहेका छन् ।
कूल सात सय ४८ कैदीबन्दीमध्ये एक सय २४ जनामा मुटुको रोग, उच्च रक्तचाप, मधुमेह, क्षयरोग, क्यान्सर, मानसिक रोग, एचआइभी एड्स, हेपटाइटिस सि, थाइराइड, छारेरोग, न्यूरोसम्बन्धी समस्या देखिएको उहाँले जानकारी दिनुभयो ।
सरकारले कारागार कार्यालयमा कैदीबन्दीको चाप अनुसार उपचार खर्च व्यवस्थापन गर्न नसक्दा कतिपय समयमा कैदीबन्दी आफैँले उपचार खर्च बेहोर्ने गरेका आचार्यले बताउनुभयो । “अहिलेको बजेटले सरकारी अस्पतालमा उपचार गर्नसक्ने स्थिति छ”, उहाँले भन्नुभयो, “बिरामीलाई भने मेडिकल लकेजमा उपचार गर्नुपर्ने भएकाले कतिपय अवस्थामा कैदीबन्दीले आफैँले उपचार खर्च बेहोर्ने गरेका छन् ।”
अहिले पनि चितवन मेडिकल कलेजमा एक जनाको उपचार भइरहेको जनाउँदै प्रमुख आचार्यले उक्त उपचार खर्च स्वयं कैदीबन्दीले नै गरिरहेका बताउनुभयो । यहाँ रहेका कैदीबन्दीहरुको उपचारको जिम्मेवार कारागार प्रशासनको भए पनि बजेट अभावका कारण समस्या हुँदै आएको उहाँले उल्लेख गर्नुभयो ।
कारागार प्रमुख खाचार्यका अनुसार गत आर्थिक वर्षमा रु १३ लाख बजेट उपचारका लागि विनियोजन भएकामा अहिले रु १० लाख मात्रै विनियोजन भएको छ । यो बजेटले क्यान्सरको बिरामीलाई उपचार गर्न कठिन हुने अवस्था रहेको उहाँले बताउनुभयो । अघिल्ला वर्षहरुमा न्यूनतम रु २५ लाखसम्म उपचारका लागि बजेट विनियोजन हुने गरेको थियो ।
प्रमुख आचार्यका अनुसार कारागार कार्यालयमा अहिले उच्च रक्तचापका ६०, मधुमेहका २६, क्षयरोगका १०, क्यान्सरका एक, मुटुरोगी चार, मानसिक रोगी सात, एचआइभी एड्का चार जना छन् । यस्तै हेपाटाइटिस सिका चार, थाइराइडका तीन, छारेरोगका चार र न्यूरोका एक जना बिरामी रहेका उहाँले जानकारी दिनुभयो ।
बिरामीलाई नियमिति आवश्यक औषधि खरिद तथा सरकारी अस्पतालमा उपचार गर्न बजेट नपुग्ने भन्दै आचार्यले कैदीबन्दी र दातृ संस्थाहरुको सहयोगमा औषधि उपचारको व्यवस्था गरिएको बताउनुभयो । अहिलेलाई समस्या नरहेको भन्दै चालु आर्थिक वर्षको मध्यभागदेखि भने रकम अभाव हुने उहाँले जानकारी दिनुभयो ।
दुई सय ५५ जनाको क्षमता रहेको पुरुष बन्दी गृहमा सात सय पाँच र २५ जनाको क्षमता रहेको महिला बन्दी गृहमा ४३ कैदीबन्दी छन् । उनीहरुसँग आश्रित दुई बालिका र एक जना बालकसमेत रहेका कार्यालयले जनाएको छ ।

पहिलो गणतान्त्रिक सरकारले नै कर्णालीको समृद्धिको खाका कोरेको हो : संयोजक दाहाल
२०८३ कार्तिक २१ | मध्यान्ह ०५:०७ बजे

तथ्याङ्कमा बुझ्नुहोस् यी पक्ष : ट्रम्पप्रति कसरी अमेरिकी जनताले पिठ्युँ फर्काए ?
२०८३ कार्तिक २१ | मध्यान्ह ०५:०७ बजे

चिनियाँ अन्तरिक्ष स्टेसन पुग्ने पहिलो विदेशी नागरिक बन्दै पाकिस्तानी अन्तरिक्ष यात्री
२०८३ कार्तिक २१ | मध्यान्ह ०५:०७ बजे

नवलपरासीमा २० बर्षदेखि फरार कर्तब्य मुद्दाका प्रतिबादी पक्राउ
२०८३ कार्तिक २१ | मध्यान्ह ०५:०७ बजे

पत्रकारिता सत्य, तथ्य र जनहितको पक्षमा उभिनुपर्छ : प्रदेश प्रमुख देवकोटा
२०८३ कार्तिक २१ | मध्यान्ह ०३:०७ बजे
अरुपनि पढ्नुहोस
सबै
पार्टीको १५औँ महाधिवेशनबाट कांग्रेस युवामय भएको छ : महामन्त्री सङ्ग्रौला
२०८३ कार्तिक २१ | मध्यान्ह ०१:०७ बजे

वायु प्रदूषण बढेपछि दिल्लीमा नियन्त्रणका कडा उपाय लागू
२०८३ कार्तिक २१ | मध्यान्ह ०१:०७ बजे

युवालाई स्वदेशमै उद्यमशील बनाउन आठ अर्बको व्यवस्था : मुख्यमन्त्री कार्की
२०८३ कार्तिक २१ | मध्यान्ह ०१:०७ बजे

देउसी–भैलोबाट संकलित रकम सामाजिक कार्यमा – होस्टल व्यवसायी संघ
२०८३ कार्तिक २१ | मध्यान्ह ०१:०७ बजे












