भारतसँग नेपालले माग्यो ‘एयर कनेक्टिभिटी’ बढाउन थप हवाई रुट

नवलपुर टुडे


काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले सोमबार शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा उक्त भेटवार्ता भएको हो । त्यसक्रममा उनीहरूबीच द्विपक्षीय सम्बन्धका विविध पक्षका साथै आर्थिक एवं विकास सहायता तथा आयोजनालगायत विषयमा छलफल भएको थियो । वार्ताका क्रममा मन्त्री डा. राणाले नेपाल–भारत ‘एयर कनेक्टिभिटी’ बढाउन नेपाललाई थप हवाई रुटको उपलब्धताका निम्ति सचिव मिश्रीमार्फत भारतसँग कुरा राखिन् ।
उनले नेपाल–भारतका सीमाक्षेत्र हुँदै आयात गरिने तरकारी र फलफूलको गुणस्तर मापनसम्बन्धी परीक्षणका निम्ति प्रयोगशाला स्थापना गर्न भारतको पहलका लागि पनि कुरा राखिन् । त्यसक्रममा पञ्चेश्वर आयोजनाका बाँकी काम अघि बढाउने बारेमा समेत उनले विषय उठान गरिन् । यसका धेरैजसो समस्या समाधान भइसकेको र बाँकी प्राविधिक समूहमार्फत अघि बढेर सम्बोधन गरिने विषयमा छलफल गरिएको थियो ।
यस्तै, उनले टनकपुर बाँधको नहरमा पानी छोड्न, वाणगंगा, खाँडो र राप्ती नदीको बाढी नियन्त्रण र जोखिम कम गर्ने सम्बन्धमा आवश्यक सहायता उपलब्ध गराउने विषयमा सचिव मिश्रीमार्फत भारत सरकारसँग कुरा राखिन् । उनले दार्चुलाको पुल उद्घाटनबारे पनि प्रसंग उठाएकी थिइन् ।
मन्त्री डा. राणाले व्यापार तथा पारवहनसम्बन्धी वार्तालाई निरन्तरता दिइनुपर्ने पनि बताइन् ।जाजरकोट भूकम्पमा परेका पीडितको उद्धार र सहायताका निम्ति भारत सरकारको सहयोगप्रति उनले धन्यवाद ज्ञापन समेत गरेकी परराष्ट्र मन्त्रालयले जानकारी गराएको छ ।

तराईको आँगनबाट राजधानीका जलाशयसम्म छठको रौनक फैलिए

सुनसरीमा छठ पर्वका सामग्रीको व्यापार बढ्यो, पूजास्थल तयार

बाँदरको हैरानीले किसान अदुवा खेतीतर्फ आकर्षित


छठ महापर्व नेपाली समाजको अद्वितीय सांस्कृतिक अनुष्ठान: उपराष्ट्रपति यादव
अरुपनि पढ्नुहोस
सबै
आज यी ६ प्रदेशमा वर्षाको सम्भावना


आज छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

छठ पर्वको शुभकामना दिँदै राष्ट्रपति पौडेलले भने– ‘सामाजिक विभेद अन्त्य गरी एकता बढाउँछ’
















