एसईई पूरक परीक्षा बाजुरामा १ हजार ५ सय ८२ जना विद्यार्थी सहभागी

उमेश रोकाया


बाजुरा, श्रावण २३ । माध्यमिक शिक्षा परीक्षा एसईईको मौका परीक्षा आजदेखी सुरु हुनेभएकाे छ बाजुरामा १ हजार ५ सय ८२ जनाले माैका परिक्षामा सहभागी हुने भएका छन । जिल्लामा पहिलो पटक बाजुराका तीन क्षेत्रमा एसइइ माैका परिक्षा सञ्चालन हुने भएको छ ।
जसमा ६ सय ८७ छात्र र ८ सय ९५ छात्रा हरुले परिक्षा दिन पाउने शिक्षा विकास तथा समन्वय ईकाइ बाजुराका प्रमुख हर्क बहादुर सिंहले बताएका छन् ।
यस बर्षको एसईईको मौका परीक्षामा कोल्टी क्षेत्र स्थित जनप्रकास मावि (क) मा १८ विद्यालयबाट २ सय ७५ र (ख) मा ४ विद्यालयबाट बाट २ सय ८४ जना विद्यार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय ईकाइ बाजुराका प्राविधिक सहायक टिकाराम जोशीले बताए ।
त्यस्तै मार्तडी स्थित मालिका माविमा ७ विद्यालयबाट २ सय ७३, क्रेटरजोन एकेडेमीमा १० विद्यालयबाट १ सय ९३, भानोदय मावि केन्द्र (क) मा १५ विद्यालयबाट ३ सय ८६ र (ख) मा १४ विद्यालयबाट ३ सय ९७ विद्यार्थी सहभागी हुने प्राविधिक सहायक जोशीले बताए ।

नेपाल संवत्को पूर्वसन्ध्यामा कांग्रेसले ‘सुकुन्दा र्याली’ आयोजना गर्ने

स्थानीय तहद्वारा जग्गा–वर्गीकरण नहुँदा अंशबण्डाबाहेकका काम अलपत्र

जलजलाका विपद् प्रभावित क्षेत्रको भौगर्भिक अध्ययन


राजविराज विमानस्थलमा १० घण्टाभन्दा बढी उडान ढिलाइ, यात्रुलाई सास्ती
अरुपनि पढ्नुहोस
सबै
पाल्पाका तीन परिवारलाई तिहारको उपहार: भूकम्प प्रतिरोधी घर

वन क्षेत्रका कारण मुन्दुम पदमार्गमा घरबास निर्माणमा समस्या

पटाकाजन्य विस्फोटक पदार्थसहित दुई भारतीय नागरिक पक्राउ

















