गाडी दुर्घटनामा परेका प्रहरी जवानको मृत्यु

नवलपुर टुडे


विराटनगर । विराटनगरमा गत साउन २ गते भएको गाडी दुर्घटनामा परी घाइते भएका एक प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी धरान उपमहानगरपालि–१७ घर भएका सौगात थापा रहेका छन् ।
उनको काठमाडौँस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको थियो । उपचारकै क्रममा थापाको बिहीबार मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
मुस्लिम समुदायको मुहरम पर्वमा दंगा फैलने आशङ्काले विराटनगरको रानी क्षेत्रमा सुरक्षाबल थप गर्न प्रदेश प्रहरी कार्यालयको टोली आउँदै गर्दा भट्टी मोडमा प्रहरी चढेको गाडी नै दुर्घटनामा परेको थियो ।
सो दुर्घटनामा परी साढे दुई दर्जनबढी प्रहरी घाइते भएका थिए । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर थियो । अन्य सबै उपचारपछि घर फर्किइसकेको प्रहरीले जनाएको छ । भट्टीमोडको टर्निङमा स्कुलबाट आएका विद्यार्थीलाई जोगाउन खोज्दा उक्त दुर्घटना भएको थियो ।

राजविराज विमानस्थलमा १० घण्टाभन्दा बढी उडान ढिलाइ, यात्रुलाई सास्ती

पाल्पाका तीन परिवारलाई तिहारको उपहार: भूकम्प प्रतिरोधी घर

वन क्षेत्रका कारण मुन्दुम पदमार्गमा घरबास निर्माणमा समस्या

पटाकाजन्य विस्फोटक पदार्थसहित दुई भारतीय नागरिक पक्राउ

अरुपनि पढ्नुहोस
सबै
विशेष गाउँसभाबाट थप बजेट विनियोजन

जलपर्यटन व्यवसायमा सावधानी अपनाउन आग्रह

बालविवाह रोक्न कानुनसँगै सामाजिक सोच परिवर्तनमा जोड

गण्डकी र कोसी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना
















