लुम्बिनी प्रदेशका मन्त्रीले लिए शपथ ग्रहण

नवलपुर टुडे


बुटवल । लुम्बिनी प्रदेशका मन्त्रीले शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख अमिक शेरचनले बिहीबार नवनियुक्त मन्त्रीहरूलाई शपथ ग्रहण गराएका हुन्। लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोख बहादुर महराले बिहीबार ७ जनालाई विनाविभागीय मन्त्रीमा नियुक्त गरेका थिए ।
यसअघि ४ सदस्यीय मन्त्रीमण्डल रहेको लुम्बिनीमा अब ११ सदस्य बनेको हो । मुख्यमन्त्री महराले एमालेबाट दिनेश पन्थी, अर्जुनबहादुर केसी, भूमिश्वर ढकाल र रत्नबहादुर खत्री, नागरिक उन्मुक्तिबाट धर्मबहादुर चौधरी, स्वतन्त्र सांसद खड्गबहादुर बस्नेत र एकीकृत समाजवादी पार्टीबाट भगवती अधिकारीलाई मन्त्रीमा नियुक्त गरेका हुन् ।
यसअघि चैत २३ गते मुख्यमन्त्रीमा नियुक्त भएका माओवादी केन्द्रका जोखबहादुर महराले विनाविभागीय मन्त्रीमा एमालेबाट चेतनारायण आचार्य, माओवादीबाट दीपेन्द्र पुन र जसपाबाट भण्डारीलाल अहिरलाई मन्त्रालयको जिम्मेवारी दिएका थिए । आचार्यलाई अर्थ, पुनलाई स्वास्थ्य र अहिरलाई कृषि मन्त्रीको जिम्मेवारी दिइएको थियो ।

नेपाल संवत्को पूर्वसन्ध्यामा कांग्रेसले ‘सुकुन्दा र्याली’ आयोजना गर्ने

स्थानीय तहद्वारा जग्गा–वर्गीकरण नहुँदा अंशबण्डाबाहेकका काम अलपत्र

जलजलाका विपद् प्रभावित क्षेत्रको भौगर्भिक अध्ययन


राजविराज विमानस्थलमा १० घण्टाभन्दा बढी उडान ढिलाइ, यात्रुलाई सास्ती
अरुपनि पढ्नुहोस
सबै
पाल्पाका तीन परिवारलाई तिहारको उपहार: भूकम्प प्रतिरोधी घर

वन क्षेत्रका कारण मुन्दुम पदमार्गमा घरबास निर्माणमा समस्या

पटाकाजन्य विस्फोटक पदार्थसहित दुई भारतीय नागरिक पक्राउ

















