वडाध्यक्ष ५ लाख घुससहित रंगेहात पक्राउ

नवलपुर टुडे

सारांश
हेटौडा । मधेश प्रदेशको बारा जिल्लाका जीतपुर सिमरा उपमहानगरपालिकाको एक वडाध्यक्ष घुससहित रंगेहात पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडाबाट खटेको टोलीले जीतपुर सिमरा उमपहानगरपालिका- ३ का वडाध्यक्ष तारा कार्की ५ लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका हुन् ।
सेवाग्राहीलाई वडाबाट सिफारिस गरिदिने वापत उनले ५ लाख रुपैयाँ घुस मागेको गोप्य सूचनाको आधारमा अख्तियारको टोलीले कार्कीमाथि निगरानी थालेका थिए ।
वडा कार्यालयबाट हुने एक सिफारिस वापत नै कार्कीले ५ लाख रुपैयाँ घुस मागेको सेवाग्राहीलाई उदृत गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौडा कार्यालयका सूचना अधिकारी गोविन्द प्रसाद गौत्तमले जानकारी दिए ।
उनका अनुसार, गोप्य सूचनाको आधारमा टोली पठाएर एक होटेलमा सेवाग्राहीसँग ५ लाख रुपैयाँ घुस लिईसकेको अवस्थामा रंगेहात पक्राउ गरिएको बताए ।
यता, वडाध्यक्ष कार्कीले भने आफू मन्दिर बनाउनको लागि चन्दा स्वरुप ५ लाख रुपैयाँ लिएको बताएका छन् ।


गृहमन्त्री सुधन गुरुङ र भारतीय समकक्षी शाहबीच भेटवार्ता

पाकिस्तानमा रेल दुर्घटना : ६ जनाको मृत्यु, ३० घाइते

युद्ध र खडेरीले सुडानमा भोकमरीको खतरा

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने चार जना पक्राउ
अरुपनि पढ्नुहोस
सबै
नवलपुरमा कांग्रेस इतर समूहले तोक्यो क्षेत्र र नगरका संयोजक

बुल्गेरियाको तटनजिकै दुई व्यापारिक जहाजमाथि ड्रोन आक्रमण, एउटा डुब्यो

अमेरिकामा डेटा सेन्टरको विरोध, चीनमा भने धमाधम निर्माण

प्रहरी धरपकडपछि भारतीय युवाको रणनीति फेरियो















