Opens in a new tab

राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको पूजा अर्चना

नवलपुर टुडे

299Shares

सारांश

  • राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाका अवसरमा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पुगी नवदुर्गा भवानीको पूजाअर्चना गर्नुभयो।
  • सो अवसरमा राष्ट्रपतिलाई मन्दिर परिसरमा स्वागत गरिनुका साथै परम्परागत नृत्य प्रदर्शन गरिएको थियो र उनले देवगणलाई दक्षिणा प्रदान गर्नुभयो।
  • दसैँको अन्तिम दिन राष्ट्र प्रमुखले भक्तपुरस्थित नवदुर्गा भगवतीको पूजा गर्ने परम्परा अनुसार राष्ट्रपतिले टीका तथा प्रसाद ग्रहण गर्नुभयो।

भक्तपुर । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाका अवसरमा आइतबार भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पुगेर नवदुर्गा भवानीको पूजा अर्चना गरेका छन् ।

भक्तपुरको नवदुर्गा मन्दिर परिसरमा अपरान्ह पुग्दा राष्ट्रपति  पौडेललाई मन्दिर व्यवस्थापन समितिका पदाधिकारी, भक्तपुर जिल्ला सुरक्षा समितिका पदाधिकारी, जनप्रतिनिधि र स्थानीयले स्वागत गरेका थिए ।

ramchandra-puja 1

सो अवसरमा परम्परागत रूपमा पूजाका अवसरमा देखाइने नृत्य प्रस्तुत गरिएको थियो । सो अवसरमा राष्ट्रपति पौडेलले नवदुर्गा देवगणका मूर्ति अवलोकन गरी दर्शन गर्नुको साथै नवदुर्गाका पुजारी, नाइके र देवगणलाई दक्षिणा प्रदान गरे । यहाँ ब्रहमायणी, महेश्वरी, कुमारी, वैष्णवी, वाराही, महाकाली, महालक्ष्मी, त्रिपुरा सुन्दरी र भद्रकाली नवदेवीको पूजा गरिन्छ । सो अवसरमा राष्ट्रपति पौडेललाई तलेजु मन्दिरबाट ल्याइएको टीका तथा प्रसाद मन्दिरका मूल नाइकेले  प्रदान गरेका थिए ।

दसैँको अन्तिम दिन राष्ट्र प्रमुखले भक्तपुरस्थित नवदुर्गा भगवतीको पूजा अर्चना गर्ने प्रचलन छ।

बैतडीमा भूकम्पको धक्का

२०८३ कार्तिक ८ | मध्यान्ह ०३:०७ बजे

रौतहटमा नेकपा एमालेको जागरण अभियान

२०८३ कार्तिक ८ | मध्यान्ह ०३:०७ बजे

सुनको मूल्य ११ हजार ६०० रुपैयाँले घट्यो

२०८३ कार्तिक ८ | बिहान ११:०७ बजे

अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा

२०८३ कार्तिक ८ | बिहान १०:०७ बजे

अरुपनि पढ्नुहोस

सबै