बाँकेका तीन सःमिलमा छापा, सालको काठ बरामद

नवलपुर टुडे


बाँके, साउन १७ गते । डिभिजन वन कार्यालय बाँकेले जिल्लाका विभिन्न तीन वटा सःमिलमा छापा मारेको छ । नेपालगन्ज सवडिभिजन वन कार्यालय राँझाका सहायक डिभिजनल वन अधिकृत नारायण पार्धेका अनुसार छापा मार्दा सो काठ बरामद भएको हो । उहाँका अनुसार विभिन्न ठाउँबाट अवैध काठ ओसारपसार गरी चिरानका लागि जिल्लामा रहेका सःमिलमा राखेको भन्ने सूचना प्राप्तका आधारमा बाँकेका तीन वटा मिलमा छापा मारेर अवैध काठ बरामद गरिएको छ ।
सहायक डिभिजनल वन अधिकृत पार्धेका अनुसार १९१.७८ क्यूफुट अवैध सालको चिरान काठ र ५१.०२ क्यूफुट अवैध खयरको गोलिया बरामद भएको छ । मङ्गलबार बाँकेको नेपालगन्ज उपमहानगरपालिका २०, राँझास्थित मनकामना सःमिलबाट ९४ थान सालको ५१.८२ क्यूफुट चिरान काठ र जानकी गाउँपालिका ६, पिप्रहवास्थित शिवशङ्कर सःमिलबाट १ सय ४९ थान सालको १ सय ३३.९६ क्यूफुट चिरान काठ बरामद गरिएको पार्धेले जानकारी दिनुभयो ।
त्यसैगरी बुधवार बिहान जानकी गाउँपालिका –३, मानपुरस्थित जनता सःमिल प्रालिबाट ५६ थान खयर गोलियाको ५१.०२ क्यूफुट काठ बरामद गरिएको उहाँले बताउनुभयो । बरामद गरिएका सबै काठहरु डिभिजन वन कार्यालय बाँकेमा ल्याइएको उहाँले जानकारी दिनुभयो । बरामद गरिएका काठ र त्यसमा संलग्न व्यक्तिका बारेमा थप अनुसन्धान थालिएको उहाँले बताउनुभयो । बाँकेमा पछिल्लो समयमा अवैध काठको ओसारपसार तथा चोरी तस्करी बढको छ ।

नेपाल संवत्को पूर्वसन्ध्यामा कांग्रेसले ‘सुकुन्दा र्याली’ आयोजना गर्ने

स्थानीय तहद्वारा जग्गा–वर्गीकरण नहुँदा अंशबण्डाबाहेकका काम अलपत्र

जलजलाका विपद् प्रभावित क्षेत्रको भौगर्भिक अध्ययन


राजविराज विमानस्थलमा १० घण्टाभन्दा बढी उडान ढिलाइ, यात्रुलाई सास्ती
अरुपनि पढ्नुहोस
सबै
पाल्पाका तीन परिवारलाई तिहारको उपहार: भूकम्प प्रतिरोधी घर

वन क्षेत्रका कारण मुन्दुम पदमार्गमा घरबास निर्माणमा समस्या

पटाकाजन्य विस्फोटक पदार्थसहित दुई भारतीय नागरिक पक्राउ

















