राजनीति

मेरो मौनता आजसम्मका लागि मात्र हो : रवि लामिछाने

नवलपुर टुडे
२०७९ माघ १९ | मध्यान्ह ०२:१० बजे

काठमाडौं, माघ १९ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो मौनता आजसम्मका लागि मात्र भएको बताएका छन् । लामिछानेले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै यस्तो बताएका हुन् ।

उनले लेखेका छन्, ‘अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनीहाल्नुहोला, गरीहाल्नु होला, लेखिहाल्नु होला । मेरो मौनता आज सम्मका लागि मात्रै हो । म अभिमन्यु होइन ।’

नागरिकता विवादमा सर्वोच्चको फैसलापछि सांसद र मन्त्री पद गुमाएका रविले आइतबार पुन: नयाँ नेपाली नागरिकता प्राप्त गरेका थिए । नागरिकता प्राप्त गरेसँगै उनी गृहमन्त्रालयमा नै फर्किन चाहेका छन् । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उनलाई गृहमन्त्री दिन सकारात्मक छैनन् ।

गठबन्धनको प्रमुख घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने रविलाई गृहमन्त्री दिने पक्षमा छन् ।

कमेन्टहरु