बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता

नवलपुर टुडे
२०७९ माघ १२ | मध्यान्ह ०१:१० बजे

काठमाडौं, माघ १२ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ ।
बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई भेटन एमाले अध्यक्ष ओली पुगेका थिए । उनीहरुबीचको भेटवार्तामा समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको बुझिएको छ ।
यस्तै राष्ट्रपतिको निर्वाचन, प्रदेशका सरकारलाई पूर्णतालगायतका बिषयमा पनि छलफल भएको बताइएको छ ।





















