नेकपा एस संसदीय सुविधा पाउनबाट वञ्चित

नवलपुर टुडे


काठमाडौ । माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीलाई संसदीय सुविधा दिन नमिल्ने संघीय संसद् सचिवालयले प्रस्टीकरण दिएको छ ।
नेकपा एसले संसदीय दलको प्रमुख सचेतकका रुपमा सांसद प्रकाश ज्वालालाई तोकेर सुविधा उपलब्ध गराउन माग गर्दै पत्राचार गरेपछि सचिवालयको उक्त भनाइ बाहिर आएको हो । सांसद सुविधा व्यवस्थापन शाखाले प्रचलित कानुनअनुसार एकीकृत समाजवादीलाई सुविधा दिन नमिल्ने जवाफ पठाएको हो । कानुनअनुसार सचेतकलाई सुविधा उपलब्ध गराउन नमिल्ने जवाफ पठाइएको शाखाका उपसचिव रामहरि थापाले बताए।
नेकपा एसले संघीय संसद्का पदाधिकारी तथा सुविधासम्बन्धी ऐनअनुसार सुविधा दाबी गरेको पनि सचिवालयले सुविधा दिन नमिल्ने जवाफ पठाएको छ ।ऐनमा १० बढी सांसद भएको दलको प्रमुख सचेतकले पदाधिकारीको सुविधा पाउने व्यवस्था छ ।
नेकपा एसका १० मात्र सांसद रहेकाले कम्तीमा ११ सदस्य हुनुपर्ने कानुनी व्यवस्थाका कारण सुविधा दिन नमिल्ने जवाफ पठाएको हो।
जनमत, नागरिक उन्मुक्तिलगायतले पनि सोही खाले विवरण सुविधा शाखामा पठाएका छन्। चिवालयले कानुनअनुसार न्यूनतम सिट पूरा नगरेका दलले सुविधा नपाउने ऐनकै व्यवस्थाबारे पत्रमार्फत जानकारी गराएको बुझिएको छ।
कानुनअनुसार प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, दुवै सदनका विपक्षी दलका नेता, सत्तापक्षका नेता, सत्तापक्षका मुख्य सचेतक, उपसभामुख, उपाध्यक्ष, विपक्षी दलका प्रमुख सचेतक, सत्तापक्षका प्रमुख सचेतक, दलका प्रमुख सचेतक, सत्तापक्षका सचेतक, विपक्षी दलको सचेतक र समिति सभापतिलाई पदाधिकारीका रूपमा सुविधा दिइने गरेको छ।

पहिलो गणतान्त्रिक सरकारले नै कर्णालीको समृद्धिको खाका कोरेको हो : संयोजक दाहाल

तथ्याङ्कमा बुझ्नुहोस् यी पक्ष : ट्रम्पप्रति कसरी अमेरिकी जनताले पिठ्युँ फर्काए ?

चिनियाँ अन्तरिक्ष स्टेसन पुग्ने पहिलो विदेशी नागरिक बन्दै पाकिस्तानी अन्तरिक्ष यात्री

नवलपरासीमा २० बर्षदेखि फरार कर्तब्य मुद्दाका प्रतिबादी पक्राउ

पत्रकारिता सत्य, तथ्य र जनहितको पक्षमा उभिनुपर्छ : प्रदेश प्रमुख देवकोटा
अरुपनि पढ्नुहोस
सबै
पार्टीको १५औँ महाधिवेशनबाट कांग्रेस युवामय भएको छ : महामन्त्री सङ्ग्रौला

वायु प्रदूषण बढेपछि दिल्लीमा नियन्त्रणका कडा उपाय लागू

युवालाई स्वदेशमै उद्यमशील बनाउन आठ अर्बको व्यवस्था : मुख्यमन्त्री कार्की

देउसी–भैलोबाट संकलित रकम सामाजिक कार्यमा – होस्टल व्यवसायी संघ
















