राजनीति

बालुवाटारमा प्रधानमन्त्री दाहाल र ओली बीच भेटबार्ता

नवलपुर टुडे
२०७९ माघ १० | बिहान ११:१० बजे

काठमाडौँ । प्रधानमन्त्री  पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बिहान दुई नेताबीच भेटवार्ता भएको हो ।  

मन्त्रिपरिषद् विस्तार, सभामुख र उपसभामुखको निर्वाचन सकिएसँगै दुई नेताबीच भेटवार्ता भएको हो । भेटका क्रममा निकट भविष्यमा हुने राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन, राष्ट्रियसभाको उपनिर्वाचनलगायतका विषयमा छलफल भएको बताइएको छ । 

यस्तै प्रदेशमा मन्त्रिपरिषद् विस्तारका विषयमा पनि दुई नेताबीच भेटवार्ता भएको बताइएको छ । 

कमेन्टहरु