प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारमा गजुरेल नियुक्त

नवलपुर टुडे
२०७९ माघ ९ | मध्यान्ह ०३:१० बजे

काठमाडौं, माघ ९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक सल्लाहकारमा हरिबोल गजुरेल नियुक्त भएका छन् ।
प्रधानमन्त्री प्रचण्डको सचिवालयले दिएको जानकारीअनुसार सोमबार उनलाई प्रधानमन्त्रीले राजनीतिक सल्लाहाकारमा नियुक्त गरेका हुन् । गजुरेल नेकपा माओवादी केन्द्रका उपमहासचिव समेत हुन् ।
उनी २०७४ को संघीय निर्वाचनबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । गजुरेल सिन्धुली २ बाट प्रतिनिधित्व गर्छन् ।






















