उपसभामुख इन्दिरा राना मगरले दिइन् रास्वपाबाट राजीनामा

नवलपुर टुडे
२०७९ माघ ९ | बिहान १०:१० बजे

काठमाडौं, माघ ९ । प्रतिनिधिसभाका नवनिर्वाचित उपसभामुख इन्दिरा राना मगरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट राजीनामा दिएकी छन् । उनले सोमबार एक विज्ञप्ति जारी गर्दै आफूले पार्टीको सबै गतिविधिबाट राजीनामा दिएको घोषणा गरेकी हुन् ।
प्रतिनिधि सभाको उपसभामुख पदमा निर्वाचित भएको र आफ्नो भूमिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित र विश्वसनीय बनाउनका लागि त्यस पदमा रहुञ्जेल आफू आवद्ध पार्टी रास्वपाको सम्पूर्ण राजनीतिक र सांगठनिक जिम्मेवारीबाट अलग भएको उनले विज्ञप्तिमा उल्लेख गरेकी छन् ।
राना शनिबार प्रतिनिधि सभाको बैठकमा भएको निर्वाचनबाट उपसभामुखमा निर्वाचित भएकी थिइन् ।























