राजनीति

उपसभामुखमा रास्वपाकी इन्दिरा राना मगरको उम्मेदवारी दर्ता

नवलपुर टुडे
२०७९ माघ ६ | मध्यान्ह ०२:१० बजे

काठमाडौँ, माघ ६ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट इन्दिरा राना मगरले प्रतिनिधिसभाको उपसभामुख पदमा उम्मेदवारी दर्ता गरेकी छन् । 

राना मगरले शुक्रबार अपरान्ह संघीय संसद भवनको ल्होत्से हलमा उपसभामुखका लागि उम्मेदवारी दर्ता गराएकी हुन् । उनको प्रस्तावकमा रास्वपाकी सोविता गौतम छिन् । 

यस्तै समर्थकमा एमालेका कृष्णगोपाल श्रेष्ठ माओवादीकी नारायणी शर्मा  र राप्रपाका राजेन्द्र लिङ्देन रहेका छन् ।

कमेन्टहरु