राजनीति

कांग्रेसबाट उपसभामुखको उम्मेदवारमा मुक्ता यादव

नवलपुर टुडे
२०७९ माघ ६ | मध्यान्ह १२:१० बजे

काठमाडौं । नेपाली कांग्रेसले उपसभामुखमा पनि उम्मेदवारी दिने निर्णय गरेको छ ।

शुक्रबार बिहान पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधीकारीसहित प्रभावशाली नेताहरुको बैठकले सांसद मुक्ता कुमारी यादवलाई उमेदवार बनाउने निर्णय गरेको हो । कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी यादव समानुपातिक सांसद हुन् ।

कांग्रेसले सभामुख पदमा पनि ईश्वरीदेवी न्यौपाने उमेदवार बनाएको थियो । न्यौपाने एमालेका देवराज घिमिरेसँग पराजित भएकी थिइन् ।

कमेन्टहरु