राजनीति

सभामुख देवराज घिमिरेले लिए शपथ

नवलपुर टुडे
२०७९ माघ ६ | मध्यान्ह १२:१० बजे

काठमाडौं, माघ ६ । प्रतिनिधि सभाका नवनिर्वाचित सभामुख देवराज घिमिरेले पद तथा गोपनियताको शपथ लिएका छन् । शुक्रबार बिहान राष्‍ट्रपति भवन शितल निवासमा आयोजित एक कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले सभामुख घिमिरेलाई शपथ गराएकी हुन् । 

सभामुखको शपथग्रहण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतका उच्च पदस्थ अधिकारीको उपस्थिति थियो ।

घिमिरे बिहीबार प्रतिनिधि सभाको सभामुख चयन भएका थिए । यसैबीच घिमिरेले आफू एमालेको सम्पूर्ण जिम्मेवारीबाट अलग भएको जानकारी दिएका छन् । उनले एमालेको पार्टी सदस्यतासमेत त्यागेको उल्लेख गरेका छन् । 

कमेन्टहरु