रास्वपाले इन्दिरा राना मगरलाई उपसभामुखको उम्मेदवार बनाउने

नवलपुर टुडे
२०७९ माघ ६ | बिहान ११:१० बजे

काठमाडौँ, माघ ६ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले इन्दिरा राना मगरलाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
शुक्रबार बिहान बसेको संसदीय दलको बैठकमा उक्त निर्णय भएको रास्वपाका प्रवक्ता तथा महामन्त्री मुकुल ढकालले बताए ।
उनका अनुसार साेबिता गौतम प्रस्तावक रहेर उक्त निर्णय भएको हो ।






















