राजनीति

उपसभामुखको लागि निर्वाचन तालिका सार्वजनिक

नवलपुर टुडे
२०७९ माघ ५ | मध्यान्ह ०४:१० बजे

काठमाडौं, माघ ५ । संसद् सचिवालयले उपसभामुखको निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको छ ।

प्रतिनिधि सभाको सभामुखमा एमालेका सांसद देवराज घिमिरे निर्वाचित भएलगत्तै संसद् सचिवालयले उपसभामुखको लागि निर्वाचन तालिका सार्वजनिक गरेको हो ।

जसमा माघ ६ गते शुक्रबार दिउँसो १ देखि ४ बजेसम्म उम्मेदवारी दर्ता र सोही दिन सवा चार बजे उम्मेदवारको सूची प्रकाशित गरिनेछ । 

माघ ७ शनिबार दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा उम्मेदवारको प्रस्तावमाथि छलफल निणार्यथ प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ ।

photo 2023 01 19 16 02 09

कमेन्टहरु