राजनीति

जसपाले सभामुखमा एमालेका घिमिरेलाई मत दिने

नवलपुर टुडे
२०७९ माघ ५ | मध्यान्ह ०१:१० बजे

काठमाडौँ, माघ ४ । जनता समाजवादी पार्टी नेपालले सभामुखमा एमालेका उम्मेदवार देवराज घिमिरेलाई मत फिने निर्णय गरेको छ । आज बसेको जसपाको संसदीय दलको बैठकले सो निर्णय गरेको हो ।

पार्टीका प्रचार प्रसार विभागका प्रमुख पूर्ण वस्नेतका अनुसार संसदीय दलको बैठकले एमालेबाट सभामुखको उम्मेदवार बनेका घिमिरेलाई मतदान गर्ने निर्णय गरेको हो । देवराज घिमिरे सत्ता साझेदार दलका साझा उम्मेदवार हुन् ।

जसपा सरकारमा सहभागी नभएका कारण कांग्रेसका उम्मेदवार ईश्वरी न्यौपानेलाई मत दिने हो कि भनि आशंका भइरहेको थियो । 

कमेन्टहरु