गैरआवासीय नेपाली नागरिकताको मुद्दालाई समाधान गर्छौँ : गृहमन्त्री लामिछाने

नवलपुर टुडे


काठमाडौं, माघ ४ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गैरआवासीय नेपाली नागरिकताको मुद्दालाई समाधान गर्ने बताएका छन् । बुधबार सिंहदरबारमा गैरआवासीय नेपाली संघका प्रतिनिधिसँगको भेटवार्ताका क्रममा उनले नागरिकताको सबै विषयलाई एकै ठाउँमा राखेर समाधानको प्रयास गर्दा गिजोलिएको बताएका हुन् ।
अब गैरआवासीय नेपाली नागरिकताको मुद्दालाई समाधान गर्न मन्त्रालय सक्षम रहेको लामिछानेको भनाइ छ । उनले विदेशमा रहेका नेपालीको लगानीलाई सुरक्षित गर्न पनि सरकार तयार रहेको बताए । नेपालमा लगानीका लागि गैरआवासीय नेपालीको कानुनी र व्यावहारिक कठिनाइबारे मन्त्रालय जानकार रहेकाले यसलाई गम्भीर भएर समाधानको प्रयास खोजिने उनले उल्लेख गरे ।
उनले नागरिकताको विषय समाधान भएपछि गैरआवासीय नेपालीको सम्पत्तिको हकको विषय पनि टुंगिने बताए । संघका अध्यक्ष कुल आचार्यले गैरआवासीय नेपालीका नागरिकता, भिसा, एयरपोर्टमा देखिने समस्यालगायत नेपालको विकासमा साझेदारी गर्ने विषयमा छलफल भएको र गृहमन्त्रीले समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेको जानकारी दिए ।
संघले गरेको काम, नेपाल सरकारको तर्फबाट सम्बोधन भएका विषय र अबका दिनमा सरकारले गर्नुपर्ने नीतिगत र कानुनी सुधार सम्बन्धमा संघका तर्फबाट गृहमन्त्री लामिछानेलाई ज्ञापनपत्र पनि बुझाइएको थियो ।

पहिलो गणतान्त्रिक सरकारले नै कर्णालीको समृद्धिको खाका कोरेको हो : संयोजक दाहाल

तथ्याङ्कमा बुझ्नुहोस् यी पक्ष : ट्रम्पप्रति कसरी अमेरिकी जनताले पिठ्युँ फर्काए ?

चिनियाँ अन्तरिक्ष स्टेसन पुग्ने पहिलो विदेशी नागरिक बन्दै पाकिस्तानी अन्तरिक्ष यात्री

नवलपरासीमा २० बर्षदेखि फरार कर्तब्य मुद्दाका प्रतिबादी पक्राउ

पत्रकारिता सत्य, तथ्य र जनहितको पक्षमा उभिनुपर्छ : प्रदेश प्रमुख देवकोटा
अरुपनि पढ्नुहोस
सबै
पार्टीको १५औँ महाधिवेशनबाट कांग्रेस युवामय भएको छ : महामन्त्री सङ्ग्रौला

वायु प्रदूषण बढेपछि दिल्लीमा नियन्त्रणका कडा उपाय लागू

युवालाई स्वदेशमै उद्यमशील बनाउन आठ अर्बको व्यवस्था : मुख्यमन्त्री कार्की

देउसी–भैलोबाट संकलित रकम सामाजिक कार्यमा – होस्टल व्यवसायी संघ
















