चार उपप्रधानमन्त्रीको वरीयतामा सबैभन्दा पछाडी परे राजेन्द्र लिङ्देन


काठमाडौं, माघ ३ । प्रधानमन्त्री दाहालको नेतृत्व सरकारको मन्त्रिपरिषद्कोमा उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री बनेका लिङदेन मन्त्रिपरिषद्को वरीयतामा अन्तिममा परेका छन् ।
दोस्रो वरीयतामा अर्थ मन्त्रीसमेत रहेका विष्णु पौडेल, तेस्रो वरीयतामा भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठ र गृहमन्त्री रवि लामिछाने चौथो वरीयतामा रहदा लिङदेन मन्त्रिपरिषद्को वरीयतामा अन्तिममा परेका हुन् ।
मंगलबार मन्त्रिपरिषद् विस्तार भएसँगै २३ सदस्यीय मन्त्रिमण्डल विस्तार भएको छ । मंगलबार उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री राजेन्द्र लिङ्देनसहित १२ मन्त्री र २ राज्यमन्त्रीले शपथग्रहण गरेका छन् ।
यसअघि पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएसँगै चार जना उपप्रधानमन्त्री बनेका छन् ।जसअन्तर्गत एमालेबाट बिष्णु पौडेल, माओवादीबाट नारायणकाजी श्रेष्ठ, रास्वपाबाट रवि लामिछाने रहेका छन् ।






















