राजनीति

बागमती प्रदेशकी उपसभामुख चापागाईंले लिइन् शपथ

नवलपुर टुडे
२०७९ माघ ३ | मध्यान्ह १२:१० बजे

हेटौँडा, माघ ३ । बागमती प्रदेशसभाकी नवनिर्वाचित उपसभामुख अप्सरा चापागाईंले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छिन् । 

उपसभामुख चापागाईंले मंगलबार प्रदेश प्रमुख कार्यालय हेटौँडामा एक समारोहकाबीच बागमती प्रदेशका सभामुख भुवन कुमार पाठकबाट शपथ लिएकी हुन् । शपथ ग्रहणमा प्रदेश प्रमुख यादवचन्द्र शर्माको उपस्थिति रहेको थियो ।

सोमबार बसेको प्रदेशसभा बैठकमा सत्तारुढ गठबन्धनका तर्फबाट एमालेकी उम्मेदवार चापागाईं ६१ मत प्राप्तसहित निर्वाचित भएकी थिइन् । उनले आजै पदभार ग्रहण गर्नेछिन ।

कमेन्टहरु