स्वास्थ्य राज्यमन्त्रीमा डाक्टर तोसिमा कार्की

नवलपुर टुडे
२०७९ माघ ३ | बिहान ११:१० बजे

काठमाडौं, माघ ३ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डाक्टर तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री बन्ने भएकी छन् ।
ललितपुर – ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित कार्कीले आजै राज्यमन्त्रीको सपथ लिन लागेकी छन् । मेडिकल काउन्सिलकी सदस्य बनिसकेकी उनी यसअघि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत थिइन् ।
यस्तै, रास्वपाले शिशिर खनाललाई शिक्षामन्त्री र डोलप्रसाद अर्याललाई श्रममन्त्री बनाउने भएको छ । सभापति रवि लामिछाने यसअघि नै उपप्रधान तथा गृहमन्त्री बनिसकेका छन् ।






















