राजनीति

नवलपरासी १ को विकासकाबारे स्थानीयसँग संवाद गर्दै: सांसद चौधरी

नवलपुर टुडे
२०७९ माघ १ | मध्यान्ह ०१:१० बजे

नवलपरासी, १ माघ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीले आफ्नो निर्वाचन क्षेत्रको विकास र स्थानीयका समस्यासँग नागरिकसँग अन्तर्क्रिया गर्नुभएको छ ।

नवलपरासी १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद चौधरीले निर्वाचन क्षेत्रको समग्र विकासका बारेमा स्थानीयसँग छलफल गर्नुभएको हो । आइतबार सरावल गाउँपालिका र प्रतापपुर गाउँपालिकाका विभिन्न वडामा पुगेर उनले स्थानीयसँग विकास निर्माण र स्थानीयको समस्याकाबारे छलफल गर्नुभयो । स्थानीयले बाढी, डुवान र सिचाईको समस्या समाधानका लागि पहल गरिदिन आग्रह गर्नुभयो ।

सरावल गाउँपालिका ६ का झिंकु सिंह चौधरीले डुवानले वर्षेनी समस्या हुने गरेको भन्दै दीर्घकालीन समस्या समाधानका लागि पहल गरिदिन आग्रह गर्नुभयो । “हामीले प्रत्येक वर्ष डुवानको समस्या झेल्दै आएका छौं । सरकारले सधैं आश्वासन मात्रै दिन्छ तर कहिल्यै पनि समस्या समाधानका लागि गम्भीर देखिएन,” उहाँले भन्नुभयो, “तपाई सांसद निर्वाचित हुनुभएको छ । अब
हाम्रो यो समस्या समाधान हुनेछ भन्ने आशा गरेका छौं ।”

त्यस्तै प्रतापपुर गाउँपालिका वडा नंं ५ का रामजी सिंहले सिचाईको समस्याबारे अवगत गराउनुभएको थियो । “सिचाईको भरपर्दाे व्यवस्था नहुँदा किसानहरुले ठूलो समस्या भोग्दै आएका छौं,” उहाँले भन्नुभयो, “सिचाँईको समस्या समाधानका लागि नहरमा नियमित पानी आउने व्यवस्था गर्नुपर्छ ।”

सांसद चौधरीले आफूले निर्वाचनका बेला गरेका प्रतिवद्धता कार्यान्वयनका लागि प्रतिवद्ध रहेको प्रष्ट पार्नुभयो । हामीले चुनावका बेला जे जेति काम गर्छाैं भनेका थियौं । ति कार्यान्वयन गर्ने गरी काम सुरु गरिसकेका छौं । कतिपय कामको थालनी नै भइसकेको छ ।”

उहाँले पश्चिम नवलपरासीको दक्षिण क्षेत्रमा बर्षाेनी हुने डुवानको समस्या समाधानका लागि पहल भइसकेको बताउनुभयो । उहाँले नेपाल सरकार र भारत सरकारबीच नै डुवान समस्याका बारेमा उच्चतहमा छलफल भइरहेको बताउनुभयो । त्यस्तै उहाँले निर्वाचन क्षेत्रको समग्र विकासका लागि स्पष्ट कार्ययोजनासहित खाका बनाउने काम पनि भइरहेको बताउनुभयो ।

उहाँले निर्वाचन क्षेत्रका विकासका लागि व्यवस्थित कार्ययोजना बनाएर काम हुने बताउनुभयो । सोही अवसरमा प्रदेश सभा सदस्य सन्तु कलवारले यस क्षेत्रको बाढी तथा डुवानको समस्या समाधान गर्न प्रतिनिधिसभा सदस्य चौधरीसँग समन्वय गरेर आफूले पनि काम गरिरहेको प्रतिबद्धता जनाउनुभयो । सांसद चौधरी नवलपरासी १ का विभिन्न स्थानमा पुगेर अन्तक्र्रिया गर्दै आएका छन् ।

छलफल र भेटघाटका तस्बिर :received 2394023057425387 1 received 1002552724481337 1 received 1119121675440039 received 3511727615722875 received 1379036049538072

कमेन्टहरु