विकृत शासकीय प्रणालीमा सुधारको आवश्यकः उपेन्द्र यादव

नवलपुर टुडे
२०७९ पुस २७ | मध्यान्ह ०३:०९ बजे

काठमाडौ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले विकृत शासकीय प्रणालीमा सुधार आवश्यक रहेको बताएका छन् ।
पार्टीको केन्द्रीय कार्यालयमा मधेस प्रदेश विशेष जिल्ला समितिद्वारा आयोजित प्रतिनिधिसभाका सांसदहरूलाई बधाई तथा सम्मान कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् ।
‘विकृत शासकीय प्रणालीमा सुधार नल्याउने हो भने न राजनीतिक स्थिरता, न विकास न संघीय प्रणालीलाई सुदृढ गर्न सकिन्छ,’ यादवले भने । ‘९० सिट ल्याउने पार्टी बाहिर छ, ३२ सिट ल्याउने पार्टी सरकारको नेतृत्वमा छ यो भन्दा शासकीय प्रणालीको विकृत रुप अरु के हुन सक्छ ?’ उनले भने ।






















