प्रधानमन्त्री प्रचण्डले बिश्वासको मत लिने क्रममा चार जना सांसद अनुपस्थित

नवलपुर टुडे
२०७९ पुस २६ | मध्यान्ह ०६:०९ बजे

काठमाडौं । आजको संसद् बैठकमा चार जना सांसद अनुपस्थित भएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने क्रममा संसद् बैठकमा चार जना सांसद अनुपस्थित भएका हुन् । नेपाली कांग्रेसका तीन र राप्रपाका एक सांसदले मत हाल्न पाएनन् ।
यसरी अनुपस्थित हुनेमा नेपाली कांग्रेसका किशोरसिंह राठोर, मनोरमा शेरचन र अम्बिका बस्नेत छन् । यस्तै संसद्का ज्येष्ठ सदस्य पशुपति शमशेर राणा सभाको अध्यक्ष भई बैठक सञ्चालन गरेकाले मतदान गर्न पाएनन् ।






















