राजनीति

कांग्रेस संसदीय दलको बैठक बस्दै, विश्वासको मत दिने/नदिनेबारे छलफल हुने

नवलपुर टुडे
२०७९ पुस २६ | बिहान ०९:०९ बजे

काठमाडौं, पुस २६ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । प्रतिनिधि सभाको बैठक बस्नु अघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने/नदिनेबारे छलफल गर्न दलको बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री प्रचण्डले सोमबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर विश्वासको मत दिन आग्रह गरेका थिए । कांग्रेस प्रमुख सचेतक रमेश लेखकका अनुसार आजको बैठकले नेपाली कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिने वा नदिनेबारे निर्णय गर्नेछ ।

प्रतिनिधिसभामा पहिलो दल बनेको कांग्रेसका ८९ सांसद छन् । 

कमेन्टहरु