राजनीति

जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच १२ बुँदे सहमति

नवलपुर टुडे
२०७९ पुस २४ | मध्यान्ह ०३:०९ बजे

काठमाडौं, पुस २४ । नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच कार्यगत एकताको घोषणा भएको छ । जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले आइतबार १२ बुँदे सहमतिमा हस्ताक्षर गरेका छन् ।

दुई पार्टीबीच टिकापुर घटनामा दोषी ठहर भइ सजाय भोगिरहेका रेशम चौधरीको रिहाइको पहल दुवै पक्षबाट सम्झौता भएकै दिनबाट सुरु गर्ने, यसअघि नेपाल सरकारले ल्याएको मुलुकी फौजदारी कार्यविधि संहिता (पहिलो संशोधित) अध्यादेश २०७९ लाई संसदबाट पारित गराई प्रभावकारी कार्यान्वयन गराउन सरकारलाई दबाव दिने सहमति भएको छ ।

यस्तै सर्वोच्च अदालतले समेत सार्वजनिक गर्न आदेश दिएको उच्चस्तरीय लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गर्ने, विभिन्न आन्दोलनमा सहभागिता भएका नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका आस्थाका बन्दीहरुलाई लगाइएको झुट्टा मुद्दाहरू फिर्ता लिन कानूनी प्रक्रिया मार्फत सरकारलाई दवाव दिने, नागरिकताको समस्या समाधान गर्न दबाब दिने सहमति पनि भएको छ ।

संघ र प्रदेश सरकारमा सहभागी हुँदा ११ बुँदे साझा सहमति कार्यान्वयन गर्ने गरी एक भएर जाने दुबै दलको सहमति छ ।

photo 2023 01 08 15 02 49

photo 2023 01 08 15 02 50

कमेन्टहरु